कम्प्यूटर सम्बन्धी दक्षता अभिवृद्धि अनुशिक्षण तालिम समापन
२०८१-०४-३१
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा कम्प्यूटर सम्बन्धी दक्षता अभिवृद्धि अनुशिक्षण तालिम सम्पन्न भएको छ । उक्त कार्यक्रम कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी वरिष्ठ उपरीक्षक दाहालले प्रहरी कर्मचारीहरूको कार्यालय सञ्चालन शैलीमा समय सापेक्ष परिवर्तन गरी दैनिक सम्पादन गर्नुपर्ने कार्यको लागि आवश्यक पर्ने वैज्ञानिक ज्ञान, सीप र कौशलमा सकारात्मक अभिवृद्धि गराई संगठनको उदेश्य परिपूर्ति गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य अनुरुप यो तालिम सञ्चालन गरिएको बताउनु भयो । कम्प्यूटर सम्बन्धी दक्षता अभिवृद्धि अनुशिक्षणमा कम्प्युटर तर्फ कम्प्युटरको परिचय, Microsoft Word, Microsoft Excel, Microsoft Powerpoint, Unicode, E-mail, Internet,Video Conference, Remote Desktop, Anti-Virus र Cyber crime जस्ता दैनिक कार्यालय प्रयोजनमा आउने विविध विषय वस्तुको बारेमा सैद्धान्तिक पक्षमा प्रशिक्षण प्रदान गरिएको थियो । साउन १३ गते देखि सञ्चालनमा आएको १५ कार्यदिन अवधिको तालिममा यस कार्यालय र कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रहरी कर्मचारीहरु महिला ९ जना सहित जम्मा २९ जना प्रशिक्षार्थीहरू सहभागी रहेका थिए । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।