कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
२०८१-०४-३१
- A
- A-
- A+
मोरङको विराटनगर महानगरपालिका-३ पिपल चौक स्थित कोशी राजमार्गमा कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । हिजो राती साढे ९ बजे पिपल चौकबाट पुर्व तर्फ मोड्दै गरेको को १ च ५१९१ नम्बरको कार र भित्री सडक खण्डबाट कोशी राजमार्ग तर्फ निस्किदै गरेको मधेस प्रदेश-०१-००४ प २७८४ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनाबाट गम्भिर घाईते भएका बुढीगंगा गाउँपालिका-५ का ४० बर्षीय फेकुलाल सरदारको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको थियो भने कार र कार चालक पथरीशनिश्चरे-१० का ४६ बर्षीय जिवन कटुवाललाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।