लागुऔषध गाँजा सहित २ जना पक्राउ
२०८१-०४-२९
- A
- A-
- A+
लागुऔषध गाँजा सहित २ जना पक्राउ
विराटनगर, साउन २९ गते ।
धनकुटा र मोरङबाट लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो धनकुटाको साँगुरीगढी गाँउपालिका-६ भेडेटार चौक स्थितमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ जादै गरेको ना.८ ख १२६८ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रक भित्र सब्जीले छोपी लुकाई छिपाई राखेको अवस्थामा ७ सय ३६ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको हो । गाँजा बरामद गरेसगै ट्रक र चालक धनकुटा पाख्रीबास नगरपालिका-१० का २६ बर्षीय सुजन भन्ने टंक बहादुर मगरलाई नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय पथरी मोरङबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-०४५ प ५२७६ नम्बरको मोटरसाईकल चालक पथरी शनिश्चरे नगरपालिका-१ का २९ बर्षीय सन्त कुमार तामाङलाई ३२० ग्राम गाँजा सहित पथरी शनिश्चरे नगरपालिका-१० बाट पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।