बाढीले डुबाउँदा बृद्धको मृत्यु
२०८१-०४-२८
- A
- A-
- A+
उदयपुरको चौदण्डीगढी नगरपालिका-९ स्थितमा खोला तर्ने क्रममा बाढीले बगाउँदा एक जना बृद्धको मृत्यु भएको छ । हिजो राती ८ बजे स्थानिय ७० बर्षीय निर बहादुर राई भडोरी खहरे खोला तर्ने क्रममा अचानक खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेल्टारबाट आवश्यक कानुनि प्रकृया तथा थप अनुसन्धान भईरहेको छ ।