प्रतिबन्धित औषधी सहित २ जना नियन्त्रणमा
२०८१-०४-२८
- A
- A-
- A+
इलाका प्रहरी कार्यालय पथरी मोरङले प्रतिबन्धित औषधी सहित २ जनालाई नियन्त्रणमा लिएको छ । पथरीशनिश्चरे नगरपालिका-१ का २४ बर्षीय राज थापा मगरको साथबाट प्रतिबन्धित औषधी ट्रामाडोल १८० चक्की, स्पासपेन १८० चक्की र भारत घर भई हाल पथरीशनिश्चरे स्थितमा बस्दै आएका १९ बर्षीय अर्पित गुप्ताको साथबाट प्रतिवन्धित औषधी ट्रामाडोल १० चक्की डाईक्लोमाईन १० चक्की सहित उनिहरूलाई नियन्त्रणमा लिईएको छ । प्रतिवन्धित औषधी सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भईरहेको छ ।