लागुऔषध सहित २ जना पक्राउ
२०८१-०४-२७
- A
- A-
- A+
मोरङ र सुनसरीबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती सुनसरीको रामधुनी नगरपालिका-३ स्थितमा इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ज.२ प ५५९५ नम्बरको मोटरसाईकल चालक रामधुनी-७ का ३० बर्षिय थोमन नेपालीलाई निषेधित औषधि ट्रामानिल २८४० क्यापसुल, स्पास्मो १२० क्यापसुल सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरी शनिश्चरे-३ का ३८ बर्षीय निगु दोर्जे तामाङलाई २५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।