करेन्ट लागेर बालकको मृत्यु
२०८१-०४-२३
- A
- A-
- A+
करेन्ट लागेर बालकको मृत्यु
मोरङ, साउन २३ गते ।
मोरङको जहदा गाउँपालिका-५ स्थितमा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानन्द महतोको १५ बर्षीय छोरा भरत महत्तो रहेका छन् । हिजो साँझ मल्टिप्लकमा तार जोड्ने क्रममा आचानक करेन्ट लाग्दा घाईते भएका उनलाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पुर्याउनासाथ मृत्यु भएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।