प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित ६ जना पक्राउ

२०८१-०४-२२

  • A
  • A-
  • A+
Share

झापा, मोरङ, सुनसरी र उदयपुरबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो झापाको भद्रपुर नगरपालिका-९ स्थितमा प्रहरी चौकी घोडामारा र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर-९ का ४६ बर्षीय अरेन्जय राजवंशी र २५ वर्षिय कृष्ण राईलाई २ ग्राम ७९० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको भोक्राहा-६ स्थितमा इलाका प्रहरी कार्यालय लौकही र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरको टोलीले चेकजाँचको क्रममा को. १९ प १३१८ नम्बरको मोटरेसाईकलमा सवार रहेका रामधुनी नगरपालिका-३ का १९ बर्षीय रुपेस चौधरी १९ बर्षीय उत्सव चौधरीलाई २ ग्राम ६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने  मोरङको इलाका प्रहरी कार्यालय पथरीपथरीले शनिश्चरे नगरपालिका ८ का २५ बर्षीय दिपेश माझीलाई २ ग्राम ब्राउन सुगर सहित र उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले प्रदेश २-०१-००१प २२२७ नम्वरको स्कुटर चालक त्रियुगा नगरपालिका ९ का  २७  बर्षीय पंकज बस्नेतलाई प्रतिबन्धित औषधी ३० एम्पुल, ४४ पिस क्यापसुल सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिको थप अनुसन्धान भईरहेको छ ।

 

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना पक्राउ
२०८१-१०-०१

लागुऔषध सहित २ जना पक्राउबिराटनगर, माघ १ गते ।मोरङ र झापाबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २९ गते मोरङको बिराटनगर-१७ स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री बिराटनगर महानगरपालिका-२ का ४० बर्षीय संजित मण्डललाई शंका लागि लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध एभिल-९ एम्पुल, लुपिजेसिक-९ एम्पुल डाइजोपाम-९ एम्पुल र फेनारागन-९ एम्पुल फेला पारी नियन्त्रणमा लिएको हो भने बिराटनगर महानगरपालिका-१८ स्थितबाट बेबारीसे अबस्थामा रहेको १६ किलोग्राम गाँजा इलाका प्रहरी कार्यालय बुधनगरले बरामद गरेको हो साथै कोशी प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समूह (PIT) विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-७ स्थितबाट अवैध रुपमा ल्याई बेवारिसे अवस्थामा Bone Kart-४२,७५० ट्याब्लेट र Canon १२,००० ट्याब्लेट रु.८,००,०००।– बराबरको औषधीजन्य पदार्थ फेला पारी आवश्यक कारबाहीको लागि मूल भन्सार कार्यालय रानी मोरङमा बुझाएको छ ।त्यसैगरी झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट शिवसतासी नगरपालिका- ८ का ३० वर्षिय आशिक राईको साथबाट २ (दुई) ग्राम लागुऔषध ब्राउन सुगर सहित लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाले नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम
२०८१-०९-२९

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत बिकास बिभाग कर्मचारी प्रशासन शाखाको पत्रादेशानुसार अनुसार प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा र प्रहरी जवान पदवाट प्रहरी सहायक हवल्दार पदमा पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई एक कार्यक्रमको समारोह बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले दर्ज्यानी चिन्हले सुशोभन गर्नु भएको छ । पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिनु हुदै पदोन्नति सँगै प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ आफ्नो पदिय दायित्व निर्वाह गर्न समेत निर्देशन दिनु भएको छ । सुशोभन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी उपरीक्षक आर्कीटेक हरी प्रसाद ढंगोल लगायत सिनीयर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०९-२९

मोरङ र उदयपुरबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २८ गते मोरङको बिराटनगर-१५ स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री सुन्दरहरैचा नगरपालिका-७ का २२ बर्षीय विवश राई र २७ बर्षीय निरज चौधरीलाई शंका लागि लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले चेकजाँच गर्दा उनिहरुको साथबाट १ ग्राम २४ मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो भने बिराटनगर-१६ बाट प्रदेश १-०२-०५२ प ७७१९ नम्बरको स्कुटर चालक बिराटनगर-८ का २७ बर्षीय निर्दोष शिवाकोटी र पछाडि सवार बिराटनगर-६ का २८ बर्षीय आषिश गिरीलाई लुपिजेसिक, डाइजापाम, फेनरागन र एभिल गरि जम्मा २० एम्पुल सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी उदयपुरको बेलका नगरपालिका-७ स्थितबाट बेबारीसे अबस्थामा रहेको ५० किलोग्राम गाँजा अस्थायी प्रहरी पोष्ठ मैनामैनीले बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

१ थान भरुवा बन्दुक सहित ५ जना पक्राउ
२०८१-०९-२८

सुनसरीको धरान उप-महानगरपालिका-१९ हरियाली चारकोसे जंगल स्थितबाट १ थान भरुवा बन्दुक सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २७ गते इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरानबाट रासतालतर्फ जादै गरेको बा. ४ च ४३३ नम्बरको कारलाई चेकजाँच गर्दा कारको सिटको मुनि लुकाई छिपाई राखेको अवस्थामा भरुवा बन्दुक १ थान, गोली ५ थान, बारुद, खुकुरी १ थान फेला पारी कार चालक इटहरी-१३ का ३५ बर्षीय ज्योतिस चौधरी सहित कारमा सवार रामधुनी नगरपालिका-७ का ३३ बर्षीय सन्जु राई, ३१ बर्षीय विनय राज धामी, २८ बर्षीय दिवश माझी र सुन्दरहरैचा नगरपालिका-२ मोरङका ४१ बर्षीय मेहरमान भुजेललाई पक्राउ गरिएको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

संयुक्तरुपमा भिड नियन्त्रण सम्वन्धी डेमोस्ट्रेशन
२०८१-०९-२८

सुनसरीको इनरुवा नगरपालिका-१ स्थित खेल मैदानमा संयुक्तरुपमा भिड नियन्त्रण सम्वन्धी डेमोस्ट्रेशन कार्यक्रम सम्पन्न भएको छ । पुस २८ गते जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अध्यक्षता तथा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको बिशिष्ट अतिथ्यतामा भएको डेमोस्ट्रेशनमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले हुलदंगा, बन्द हड्ताल, तालाबन्दी, आगजनी, तोडफोड, अवरोध लगायतका भिडलाई व्यवस्थापन तथा नियन्त्रण गर्न संयुक्तरुपमा डेमोस्ट्रेशन गरिएको थियो । उक्त कार्यक्रममा जिल्ला सुरक्षा समिति सुनसरीका पदाधिकारी, प्रहरी अधिकृतहरु तथा प्रहरी कार्मचारीका साथै सञ्चारकर्मीहरू समेतको उपस्थिति रहेको थियो ।  

लागुऔषध गाँजा सहित ३ जना पक्राउ
२०८१-०९-२८

मोरङ र सुनसरीबाट लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २७ गते मोरङको धनपालथान गाउँपालिका-३ स्थितमा लागुऔषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले स्थानीय चन्द्रदेव मण्डलको घर खानतलासी गर्दा उक्त घर कोठाबाट २५ किलोग्राम गाँजा बरामद गरी मण्डललाई नियन्त्रणमा लिएको हो । त्यसैगरी अस्थायी प्रहरी पोष्ट विष्णुपादुका धरानले चेकजाँचको क्रममा को. २४ प ३८९२ नम्बरको मोटरसाईकलबाट १६ किलोग्राम गाँजा बरामद गरेसगै मोटरसाईकल चालक धनकुटा साँगुरीगढी गाउँपालिका-८ का २९ बर्षीय विवेक राई र मोटरसाईकल पछाडी सवार धरान-२० का २३ बर्षीय अर्जित लिम्बुलाई नियन्त्रणमा लिएको हो ।  पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।