करेन्ट लागेर १ जनाको मृत्यु
२०८१-०४-१९
- A
- A-
- A+
मोरङको बुढिगंगा गाउँपालिका- २ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १६ बर्षीय आकाश ऋषिदेव रहेका छन् । हिजो दिउँसो साढे ११ बजे आफ्नै घर नजिकै रहेको बसता खोलामा खेतीको लागि लगाएको मोटर पम्प सेट चलाउने क्रममा अचानक करेन्ट लागि घाईते भएका उनलाई उपचारको लागि बिराट टिचिङ अस्पताल लागिएकोमा उनलाई डक्टरले मृत्यु घोषणा गरेको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।