हत्यामा संलग्न १ जना पक्राउ
२०८१-०४-१८
- A
- A-
- A+
मोरङको उर्लाबारी नगरपालिका-५ का ३० बर्षीय सुवास लामालाई हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको छ । गत मंगलबार बेलुका साढे ६ बजे उर्लाबारी-४ का २१ बर्षीय कुशल दाहाललाई आपसी बिवादको क्रममा लामाले शरिरको बिभिन्न भागमा खुकुरी, छुरी तथा लाठी प्रहार गरी गम्भिर घाईते बनाई घटनास्थलबाटै फरार भएका थिए । घाईते दहाललाई तत्काल उपचारको लागिको बिएनसी अस्पताल बिर्तामोड लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । घटना पश्चात फरार भएका लामालाई खोजतालसको क्रममा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहरैचा नगरपालिका ४ दुलारी स्थितबाट पक्राउ गरेको छ । हत्यामा संलग्न रहेका लामाको थप आवश्यक अनुसन्धान भईरहेको छ ।