लागुऔषध सहित ८ जना पक्राउ
२०८१-०४-१८
- A
- A-
- A+
झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो झापाको मेचिनगर नगरपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्रदेश १-०१-०१७ प.५८६ नम्बरको स्टुकर चालक बिर्तामोड नगरपालिका-१० का ३४ बर्षीय बिशाल गुरुङलाई १ ग्राम ७० मिलिग्राम ब्राउनसुगर र इलाका प्रहरी कार्यालय झिलझिलेले शिवसताक्षि नगरापालिका-८ का २४ बर्षीय फुर्वा तामाङलाई १ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । त्यसैगरी सुनसरीको अस्थायी प्रहरी पोष्ट देउरालीले को. २ ह ८०९८ नम्बरको अटो चालक धरान-१३ का २५ बर्षीय माहान शेर्पा, अटोमा सवार रहेका २८ बर्षीय कृष्मन राई, २४ बर्षीय गोविन्द मगर र २४ बर्षीय सिम्रन सुनुवारलाई ट्रामाडोल र कोलिवान ४ सय क्याप्सुल सहित पक्राउ गरेको छ । त्यस्तै गरी बिराटनगर-१८ का ५४ बर्षीय पोलाई यादव र ४३ बर्षीया भोलीमाया यादवलाई १ किलिग्राम ५८० ग्राम गाँजा सहित ईलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।