प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पिकअप र मोटरसाईकल ठक्कर लाग्दा १ जनाको मृत्यु

२०८१-०४-१४

  • A
  • A-
  • A+
Share

पिकअप र मोटरसाईकल एक आपसमा ठक्कर लागी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो साँझ धनकुटाको धनकुटा नगरपालिका-३ स्थितमा प्रदेश १ -०४-००१ च १३३६ नम्बरको पिकअप र छथर गाउँपालिका-५ का २३ बर्षीय दिपेश ढकालले चलाएको प्रदेश १-०२-०५३ प ३१६८ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर लाग्दा घाईते भएका मोटरसाईकल पछाडि सवार मोरङ सुन्दरहरैंचा नगरपालिका-२ का ३२ बर्षीय सुमन सुवेदीलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा पुर्याउनासाथ उनको मृत्यु भएको थियो । दुबै सवारी साधन र पिकअप चालक धनकुटा-६ का ३१ बर्षीय लक्ष्मण राई र मोटरसाईकल चालकलाई जिल्ला प्रहरी कार्यालय धनकुटाले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
३०० ग्राम लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०८२-०४-१७

झापाको कन्काई नगरपालिका-३ सुरुङगा स्थित टेम्पु स्टेण्डबाट ३ सय ग्राम लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १६ गते इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट बिशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले कन्काई नगरपालिका-३ सुरुङगा टेम्पु स्टेण्ड स्थितमा चेकजाँचको क्रममा सिन्धुलीको भिमान नगरपालिका-१० का २६ बर्षीय बिनोद बि.क. र झापाको झापा गाउँपालिका-३ की २४ बर्षीया प्रेमकला महतोलाई ३ सय ग्राम  लागू औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुबैजनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भई रहेको छ ।

खुकुरी प्रहार गरी भाईको हत्या गर्ने दाजु पक्राउ
२०८२-०४-१७

ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका-४ आहालेका २२ बर्षीय मन कुमार बि.क.लाई आफ्नै भाईको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । साउन १६ गते साँझ ६ बजे दाजु भाई बिच सामान्य बाद-बिबादको क्रममा दाजु मन कुमार बि.क.ले आफ्नै भाई २० बर्षीय रोशन बि.क.लाई खुकुरी प्रहार गर्दा रोशन बि.क.को घटनास्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले मन कुमार बि.क.लाई खुकुरी सहित नियन्त्रणमा लिएको छ । खुकुरी प्रहार गरी भाईको हत्या गर्ने बि.क.को जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट  थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।   

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०४-१६

सुनसरी र झापाबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १५ गते सुनसरीको इलाका प्रहरी कार्यालय धरानले चेकजाँचको क्रममा धनकुटा साँगुरीगढी -८ का बिरेन राई र  मोहन राईलाई २३ किलो ८४० ग्राम गाँजा  सहित र इटहरी -७ का  कार्लोस रिजाललाई २५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय पकलीले भोजपुर हतुवागढीका बिसु राई र निनोस राईलाई १ किलो २०० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ । यसै गरी प्रहरी चौकी रामगंज बेलगछियाबाट खटिएको प्रहरी टोलीले दुहबी नगरपालिका-१२ स्थितमा वेवारिसे अवस्थामा रहेको प्रदेश १-०२-०४९ प  ३८९१ नम्वरको मोटरसाईकलमा २० किलोग्राम गाँजा बरामद गरेको छ । झापाको अस्थायी प्रहरी चौकी मंगलबारेले बुद्दशान्ती-४ का लक्ष्मी कुमार घिसिङलाई ३६० ग्राम गाँजा सहित पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०४-१६

पाँचथर, आफ्नै श्रीमती २२ वर्षीया अनु राईको हत्या गरेको अभियोगमा फालेलुङ गाउँपालिका-७ आहाले बस्ने २७ वर्षीय महेन्द्र तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । फिदिम नगरपालिका-१ नाम्दुस्थित ससुराली घरमा बिहीबार राति महेन्द्रले कोदालोको पासो प्रहार गर्दा अनु गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर पठाएकोमा उनको बिएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो । साथै सोही कार्यालयबाट खटिएको प्रहरीले महेन्द्रलाई फिदिम नगरपालिका-६ गोलेगाउँबाट पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।