मोटरसाईकल दुर्घटना हुँदा बालिकाको मृत्यु
२०८१-०४-१३
- A
- A-
- A+
मोरङको मिक्लाजुङ गाउँपालिका-१ स्थितमा मोटरसाईकल दुर्घटना हुँदा १ जना बालिकाको मृत्यु भएको छ । हिजो दिउँसो बा.२७ प १८३५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक बेलबारी-१ का ३७ बर्षीय सुनिल कुमार धिमाल, पछाडीi सवार उनकै श्रीमती ३५ बर्षीया चन्द्रमाया धिमाल र १३ बर्षीया छोरी सुस्मिना धिमाल घाईते भएका थिए । घाईते भएका उनिहरुलाई उपचारको लागि अरनीको अस्पताल उर्लाबारी लगिएको सुस्मिना धिमालको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भईरहेको छ ।