ब्राउन सुगर सहित २ जना पक्राउ
२०८१-०४-१३
- A
- A-
- A+
मोरङको बिराटनगर-१५ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मधेश प्रदेश ००१-००५ प ०६४४ नम्बरको स्कुटरलाई चेकजाँच गर्दा स्कुटरमा सवार रहेका सप्तरीका २५ बर्षीय जिवन प्रकाश साह र बिराटनगर-१३ का २६ बर्षीय श्रवण खड्कालाई १ ग्राम ८ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।