ठुलो परिमाणको बेबारीसे गाँजा बरामद
२०८१-०४-१०
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह (PIT) र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ठुलो परिमाणको बेबारीसे गाँजा बरामद छ । आज बिहान विराटनगर महानगरपालिका-११ बुद्द विहार मार्गमा बेबारीसे अवस्थामा रहेको BR 11PC 5016 नम्बरको गडीलाई शंकालागी चेकजाँच गर्दा गाडी भित्र रहेको ५ वटा झोलामा १ सय ४५ किलोग्राम गाँजा बरामद गरेको हो । बरामद गाँजा र गाडीको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।