लागुऔषध सहित ३ जना पक्राउ
२०८१-०३-२५
- A
- A-
- A+
मोरङ र धनकुटाबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती बिशेष सुचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका-६ का ३२ बर्षीय अभिषेक मगर र २४ बर्षीय बाराक लिम्बुलाई ५ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को.१९ प ९८७७ नम्बरको मोटरसाईकल चालक साँगुरीगढी-९ का २६ बर्षीय लक्ष्मण राईलाई १२ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।