लागु-औषध मुद्धाका फरार प्रतिवादी पक्राउ
२०७८-०८-१२
- A
- A-
- A+
लागु-औषध मुद्धाका फरार प्रतिवादी सुनसरी धरान उपमहानगरपालिका १३ जानकी चौकका २७ बर्षीय प्रवेश सुनुवारलाई पक्राउ गरिएको छ ।
लागु-औषध मुद्धामा सम्मानित उच्च अदालत विराटनगर बाट मिति २०७६ मंसिर २४ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष १० महिना ३ दिन कैद र रु.१,००,०००।– (एक लाख) जरिवाना भई लगत नं. २८१ मा कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका सुनुवारलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, R.I.T बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा हिजो फेला पारेको हो ।
प्रतिबादी सुनुवारलाई आज सम्मानित सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको छ ।