ब्राउन सुगर सहित ५ जना पक्राउ
२०८१-०३-२४
- A
- A-
- A+
मोरङ र झापाबाट लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरिएको छ । हिजो दिउसो २ बजे मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाँटबाट भारतबाट नेपाल आउदै गरेका पैदल यात्री मोरङको सुन्दरहरैचा नगरपालिका ४ बस्ने २३ बर्षीय दिपेश चौधरी र सुनबर्षी नगरपालिका १ बस्ने २० बर्षीय लोकेन्द्र बहादुर खतिवडालाई लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगर २.१८ ग्राम सहित पक्राउ गरिएको थियो । यसै गरी हिजो दिउसो ४ बजे झापा दमक नगरपालिका ४ कृष्ण मन्दिर स्थितबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ६ ग्राम ब्राउन सुगर सहित सोही स्थानका ३१ बर्षीय भानु वाह्रकोटी र मोरङ उर्लाबारी नगरपालिका ७ का ३६ बर्षीय खगेन्द्र न्यौपानेलाई पक्राउ गरिएको छ । यसै गरी हिजो बेलुका साँढे ७ बजे झापाकै मेचिनगर नगरपालिका ६ स्थित पुरानो मेचीपुलबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले ६७० मिलिग्राम ब्राउन सुगर सहित झापा बुद्धशान्ति गाउँपालिका १ बस्ने २१ बर्षीय बिशाल श्रेष्ठ पक्राउ गरेको हो । पक्राउ परेका सबैजानको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।