खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउ
२०८१-०३-२२
- A
- A-
- A+
तेह्रथुमको लालिगुराँस नगरपालिका-८ स्थितका २३ बर्षीय दिपक नेपाली धारिलो हतियार खुकुरी प्रहार गरी आमाको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । हिजो दिउँसो सामन्य विबादका कारण आफ्नै ४६ बर्षीया आमा तिलमाया नेपालीलाई शरिरको बिभिन्न भागमा धारिलो हतियार खुकुरीले प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय तेह्रथुम र इलाका प्रहरी कार्यालय बसन्तपुरबाट प्रहरीको टोली खटिगई सम्पुर्ण कानुनि प्रकृया पश्चात शवलाई पोष्टमाटमको लागि जिल्ला अस्पताल म्याङलुङ पठाइएको छ भने हत्यामा संलग्न नेपालीलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।