लागुऔषध सहित ६ जना पक्राउ
२०८१-०३-२१
- A
- A-
- A+
झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्जुनधारा नगरपालिका-१ का २१ बर्षिय आकाश बिष्ट, २७ बर्षिय टिकाराम दाहाल र २५ बर्षिय चेतन पुलामी मगरलाई २१० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी लागुऔषध नियन्त्रण व्युरो विराटनगरको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका विराटनगर-३ का २१ बर्षिय पदम कार्कीलाई १ ग्राम २ मिलिग्राम ब्राउनसुगर सहित र सुनसरीको अस्थायी प्रहरी चौकी रेल्वे धरानबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धरान-१७ का १८ बर्षिय आषिश राई र २६ बर्षिय अर्जुन सार्कीलाई ट्रामाडोल ४२ क्याप्सुल र डिकोलिक ४० ट्याव्लेट सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका निजहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भई रहेको छ ।