खोलाले बगाएर १ जनाको मृत्यु
२०८१-०३-२०
- A
- A-
- A+
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-१ स्थित पैया खोलाले बगाएर १ जनाको मृत्यु भएको छ । हिजो दिउँसो खोला तर्ने क्रममा खुम्बु पासाङल्हामु-५ स्थित श्री हिमालय आधारभुत बिद्यालय नाम्चे बजारमा कार्यरत शिक्षक माप्यदुधकोशी-२ का ३६ बर्षीय राजु राई खोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको हो । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटी खोजतलास गर्ने क्रममा ढुङगामा चेपीएको अबस्थामा लाश फेला पारेको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान कार्य भईरहेको छ ।