रडले टाउकोमा लागेर १ जनाको मृत्यु
२०८१-०३-२०
- A
- A-
- A+
धनकुटाको सागुरिगढी गाउँपालिका-३ स्थित रघुवा खोलाको निर्माणाधिन पुलमा काम कार्ने क्रममा रडले टाउकोमा लागि १ जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर तुम्बेवा गाउँपालिका-२ का ४० बर्षीय मदन मगर रहेका छन् । हिजो दिउँसो साढे ३ बजे पुलमा काम गर्ने क्रममा अचानक पुलबाट रड खसि टाउकोमा लाग्दा घाईते भएका उनको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।