पानीमा डुबेर २ जनाको मृत्यु
२०८१-०३-१७
- A
- A-
- A+
मोरङको पथरी शनिश्चरे-७ का धनराज गिरी र सुनसरी रामधुनी-८ का साजन चौधरीको पानीमा डुबेर मृत्यु भएको छ । हिजो अपरान्ह मोरङको पथरीशनिश्चरे स्थित पथरी खोलामा नुहाउने क्रममा ४६ बर्षीय गिरी पानीमा डुबेको अवस्थामा स्थानियले फेला पारी उपचारको लागि स्थानिय मंगलबारे अस्पताल लगिएकोमा अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको हो । यसै गरी सुनसरी रामधुनी-८ काली झोडाका सुनिल चौधरीको डेढ बर्षीय छोरा साजन चौधरी घर नजिकै नहरको पानीमा खेल्ने क्रममा डुबेको अवस्थामा आफन्तले फेलापारी उपचारार्थ इनरुवा अस्पताल लगेकोमा डाक्टरले चेक जाँचको क्रममा मृत घोषणा गरेका थिए । घटना सम्बन्धमा प्रहरीबाट अन्य थप अनुसन्धान कार्य भईरहेको छ ।