लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०३-१७
- A
- A-
- A+
झापा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो भद्रपुर नगरपालिका-३ स्थितमा प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा मे.३ प ५३० नम्बरको मोटरसाईकलको टुल बक्स भित्र २ ग्राम ब्राउन सुगर बरामद भएसंगै मोटरसाईकलमा सवार रहेका भद्रपुर-९ का ३० बर्षीय युनिक निरौला र भद्रपुर-५ का १८ बर्षीय बिनोद दास समेतलाई पक्राउ गरेको हो भने झापा गाउँपालिका-५ स्थितमा चेकजाँचको क्रममा BR 37 H 9555 नम्बरको मोटरसाईकल चालक भारत बिहार किसनगंजका ३२ बर्षीय तनविर आलमलाई ५ ग्राम ४८० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको छ । यसै गरी सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान-५ का ३४ बर्षीय मान बहादुर राईलाई निषेधित औषधी ट्रामाडोल १३५ क्याप्सुल सहित नियन्त्रणमा लिइएको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको आवश्यक थप अनुसन्धान कार्य भईरहेको छ ।