खोलाले बगाएर १ जनाको मृत्यु
२०८१-०३-१४
- A
- A-
- A+
मोरङको रंगेली नगरपालिका-४ स्थित घाँगी खोलाले बगाउँदा १ जनाको मृत्यु भएको छ । हिजो बिहान स्थानीय ४५ बर्षीय नागेन मण्डल घाँगी खोला तर्ने क्रममा खोलाले बगाइ बेपत्ता भएकोमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोली र स्थानीय समेतले खोजतलास गर्ने क्रममा बगेको स्थानबाट करिव १५० मिटर दक्षिण खोला किनारमा मण्डल मृत अवस्थामा फेला परेका थिए । शवको कानुनि प्रकृया पुरा गरी पोष्टमोर्टमको लागी रंगेली अस्पताल पठाईएको छ ।