बाढीले बगाउदा १ जनाको मृत्यु
२०८१-०३-१२
- A
- A-
- A+
मोरङको केराबारी गाउँपालिका-४ स्थित गोगुने खोलामा आएको बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ । हिजो बिहान केराबारी-४ का चित्र बहादुर राईको ११ बर्षीय छोरा श्याम राई साथीहरुसंग स्कुल जाने क्रममा गोगुने खोलामा आएको बाढीले बगाई बेपत्ता बनाएकोमा आफन्तले खोज तलासको क्रममा खोलाको किनारमा मृत अवस्थामा फेला परेका थिए ।
उनिसंगै बिद्यालय जाँदैगरेका १४ बर्षीय भरत राई, १३ बर्षीय अनुप राना, १२ बर्षीय प्रबिन राई र १२ बर्षीय अर्पन लिम्बु समेतलाई खोलाले बगाउदै गरेको अवस्थामा स्थानिय र प्रहरीको सहयोगमा सकुशल उद्वार गरी आफन्तलाई जिम्मा लगाईएको छ ।