लागुऔषध सहित ५ जना पक्राउ
२०८१-०३-१२
- A
- A-
- A+
झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो झापाको गौरिगञ्ज गाउँपालिका-१ स्थितमा प्रहरी चौकी महाभाराबाट खटिएको प्रहरी टोलीले पैदल यात्री कमल गाउँपालिका-१ का ३० बर्षीय उद्धव भट्टराई र दमक-५ का २६ बर्षीय ईन्द्र प्रसाद तिम्सिनालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट ६ ग्राम ७३० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर-१५ बाट इटहरी-७ का २५ बर्षीय सबिन दियालीलाई नाईट्राभेट ३० ट्याबलेट सहित र धनपालथान गाउँपालिका-४ का बिशाल मुखिया र २० बर्षीय श्रवण कुमार मण्डललाई २०० ग्राम गाँजा सहित प्रहरी चौकी अमाहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।