प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

समिक्षा गोष्ठी कार्यक्रम सम्पन्न

२०८१-०३-१०

  • A
  • A-
  • A+
Share

लैंगिक हिंसा र मानव बेचबिखन विरुद्दको प्रदेश स्तरिय अभियानमुलक कार्यक्रम २०८० को समिक्षा गोष्ठी सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटगरको सभाहलमा आज भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले पानसमा दिप प्रज्वलन गर्नु भई कार्यक्रमको औपचारिकरुपमा समुदघाटन गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि खापुङले निरन्तरुपमा प्रहरीले संचालन गर्दै आईरहेको यो अभियानले मुलुकलाई नै सकारात्मक दिशा तर्फ लैजाने बताउदै कार्यक्रम सफल बनाउन प्रत्यक्ष सहयोग पुर्‍याउनु हुने कोशी प्रदेश सरकार तथा कोशी प्रदेश सामजिक बिकास मन्त्रालयलाई हार्दिक आभार व्यक्त गर्नु भयो । साथै वहाँले लैंगिक समानता घरबाटै सुरु गरौ, लैंगिक हिंसा अन्त्य गरौ भन्दै कार्यक्रमलाई प्रभावकारीरुपमा संचालन गर्न अग्रसर रहेका कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी कार्यालय तथा अन्तरगत रहेका युनिटहरुलाई बिशेष धन्यवाद व्यक्त गर्नु भयो ।

कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका सामाजिक विकाश महाशाखा प्रमुख श्रीमती दुर्गा भण्डारी बरालले कोशी प्रदेश सामजिक बिकास मन्त्रालय तथा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको समन्वय र सहकार्यमा संचालन भएको लैंगिक हिंसा र मानव बेचबिखन विरुद्दको प्रदेश स्तरिय अभियानमा प्रदेश प्रहरी कार्यलयले प्रदेशका १४ वटै जिल्लालाई समेटेर गरेको उत्कृष्ट कार्यको प्रसंसा गर्नु हुदै आगामि दिनमा हुने कार्यक्रममा समेत प्रदेश सरकारको तर्फबाट साथ र सहयोग रहने बताउनु भयो ।

लैंगिक हिंसा र मानव बेचबिखन विरुद्दको समिक्षा गोष्ठी कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जमुना कुमारी बस्नेतले समग्ररुपमा कोशी प्रदेशका जिल्लाहरुमा प्रहरीद्वारा गरिएका लैंगिक हिंसा बिरुद्धका बिभिन्न सचेतनामुलक कार्यक्रमहरुको बारेमा प्रस्तुतिकरण र समिक्षा गर्नु भएको थियो भने सामाजिक मन्त्रालय कोशी प्रदेशको तर्फबाट सामाजिक मन्त्रालयका प्रतिनिधि रोशना कोईरालाले लैंगिक हिंसा र मानव बेचबिखन विरुद्दको अभियानको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।  यसै गरी जिल्ला प्रहरी कार्यालयहरुबाट आउनु भएका लैंगिक फोकल अफिसरहरु समेतले आ-आफ्नो जिल्लामा भएका लैंगिक हिंसा र प्रहरीद्वारा गरिएका सचेतनामुलक कार्यक्रमको विवरण सहितको प्रस्तुतिकरण गर्नु भएको थियो । साथै उक्त कार्यक्रममा एबिसी नेपाल कोशी प्रदेशकी अध्यक्ष श्रीमती बिष्णु शर्मा पन्त, पत्रकार महासंघ मोरङका कार्यवाहक अध्यक्ष तारा आचार्य समेतले आ-आफ्नो भनाई व्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती भावना श्रेष्ठ खापुङ, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, सिनियर तथा जुनियर प्रहरी अधिकृतहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधि, संचारकर्मी, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरु तथा प्रहरी कर्मचारीहरुका साथै जिल्ला प्रहरी कार्यालयहरुको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, सामुदायिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२५

झापा, मोरङ र सुनसरीबाट लागू औषध बेचबिखनमा संलग्न २ महिला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २४ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा भारत दार्जेलिङका गोपाल बैधलाई ३ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसै गरी सुनसरीको धरान- ११ कि रोशनी राई र धरान-१५ की खुशी राईलाई औषध ट्रामाडोल १५० क्याप्सुल र स्पास्पेन १६५ ट्याब्लेट सहित अस्थायी प्रहरी चौकी रेल्वेले नियन्त्रणमा लिएको छ भने चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय सिजुवाले पथरी शनिश्चरे नगरपालिका-१ का अशोक बराईलीलाई नाईट्राजाम र स्पास गरी जम्मा २८ ट्याब्लेट सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ५ जना प्रहरीको नियन्त्रणमा
२०८२-०८-२४

सुनसरी, उदयपुर र मोरङको बिभिन्न स्थानहरुबाट मंसिर २३ गते लागू औषध सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ  । सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले इटहरी उप-महानगरपालिका-२ स्थित सडक किनारमा रोकेर राखेको BR 38 T 3596 नम्बरको मोटरसाईकल चालक भारत विहारका ३० बर्षीय सुरज कुमार सोनी र २५ बर्षीय केशव कुमार सोनीलाई शंकालागी चेकजाँच गर्दा साथमा रहेको १३ ग्राम ४४० मिलिग्रा लागू औषध ब्राउन सुगर सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । चेकजाँचकै क्रममा उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले बिभिन्न प्रकारको लागू औषध १ सय १० ट्याब्लेट सहित कटारी-४ का रुस्तम तामाङलाई नियन्त्रणमा लिएको हो भने मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर-१५ स्थितबाट को २ प २०४२ नम्बरको मोटरसाईकल चालक भारत बिहारका २६ बर्षीय निरज राय र पछाडी सवार बिराटनगर-१६ का ४१ बर्षीय राकेश यादवलाई ब्राउन सुगर ५ ग्राम १५ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण, कठिन परिस्थिति र चुनौतीहरूको सहज रूपमा सामना गर्न निर्देशन
२०८२-०८-२४

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय सुनरीको निरीक्षण भ्रमण गर्नु भएको छ । मंसिर २४ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय तथा अन्तरगत रहेका प्रहरी इकाईहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले जस्तो सुकै कठिन परिस्थिति र चुनौतीहरूको समेत सहज रूपमा सामना गरी कुनै दवाब, प्रभाव र प्रलोभनमा नपरी व्यक्तिगत हित भन्दा माथि उठेर संगठनको गरिमालाई सदैव उच्च राखी नागरिक मैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । प्रहरीको दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई शान्ति सुरक्षा प्रभावकारी बनाउन, खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करी, लागुऔषधको ओसार पसारका घटनाहरुलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन तथा  कार्यालयमा आउने सेवाग्राहीहरुको पिरमार्कालाई प्रथामिकतामा राखि प्रविधि मैत्री नागरिक सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । यसै गरी भित्री ग्रामिण बस्तीहरुमा बसोवास गर्ने नागरिकहरुको समस्या पिरमार्काको सुनवाई गर्न तथा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन साथै आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख घिमिरेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव कुमार थेवेले जिल्लाको शान्ति सुरक्षाको बारेमा अवगत गराउनु भएको थियो । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया समेतको उपस्थिती रहेको थियो ।    

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२३

झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर २२ गते लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका दमक-१ का रोशन भुजेललाई १ ग्राम २९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले उर्लाबारी-३ का पंकज पोखरेललाई ६ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने चेकजाँचकै क्रममा सुनसरीको अस्थायी प्रहरी पोष्ट तिनकुनेले धरान-४ कि प्रमिला राईलाई प्रतिबन्धीत औषधी ट्रामोल १०० क्याप्सुल र स्पास्पेन १०० ट्याब्लेट सहित पक्राउ गरे संगै कारोबारमा संलग्न धरान-८ का ६६ बर्षीय टेक बहादुर तामाङलाई उनकै घर कोठाबाट प्रतिबन्धीत औषधी ट्रामोल-१०२० क्यापसुल, स्पास्पेन -१०१० ट्याब्लेट र नगद १ लाख ४७ हजार ६ सय रुपैया सहित नयन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।