अवैध सामान बरामद
२०८१-०३-०९
- A
- A-
- A+
झापाको छुट्टाछुट्टै स्थानहरुबाट अवैधरुपमा भन्सार छली चोरी निकासी गरी नेपाल भित्र्याउदै गरेको रेडिमेड कपडा कुर्था सुरुवाल र बिभिन्न प्रकारका किरानाका सामानहरु, सुज, माछा र कस्मेटिक लगायतका सामानहरु प्रहरीले बरामद गरेको छ । हिजो जिल्ला प्रहरी कार्यालय झापा अन्तरगत रहेको ईलाकाहरुबाट सिमावर्ति क्षेत्रहरुमा परिचालित प्रहरी टोलीले अवैध सामानहरु बरामद गरेको हो । बरामद गरिएका अन्दाजी ५ लाख ५९ हजार बराबरको सामानहरु आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।