चट्याङ लागेर बालिकाको मृत्यु
२०८१-०३-०६
- A
- A-
- A+
मोरङको रतुवामाइ नगरपालिका-४ का झरीलाल महतोको १६ बर्षीया छोरी बिपना महतोलाई चट्याङले लागेर मृत्यु भएको छ । हिजो बेलुका साढे ७ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा पानी संगै परेको चट्याङले लागि घाईते भएकी उनको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।