लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ
२०८१-०३-०६
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर प्रादेशिक अनुसन्धान समूह PIT बाट खटिएको प्रहरी टोलीले लागुऔषध मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लागुऔषध मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८।०९।०८ गतेको सजाय निर्धारण फैसला आदेशले २ बर्ष कैद र नगद १ लाख रुपैँया जरिवाना बेरुजु रही फरार रहेका सुन्दरहरैचा नगरपालिका- ८ सलकपुरका ४४ बर्षीय जिवन कुवर भन्ने जिवन कुमार क्षेत्रीलाई खोजतलास गर्ने क्रममा गाउँघरमै लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनलाई सम्मानित मोरङ जिल्ला अदालत उपस्थित गराएकोमा तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागर मोरङमा पठाइएको छ ।