सेफ्टी ट्याङकीमा डुबेर बालकको मृत्यु
२०८१-०३-०६
- A
- A-
- A+
मोरङको बिराटनगर महानगरपालिका-५ का अनिल पासवानको अढाई बर्षिय छोरा नितेश पासवानको सेफ्टी ट्याङकीमा डुबेर मृत्यु भएको छ । हिजो अपरान्ह साढे ४ बजे नितेश पासवान खेल्दै जाने क्रममा निर्माणाधिन अवस्थामा रहेको शौचालयको सेफ्टी ट्याङकीमा डुबेको अवस्थामा बालकको आमाले फेला पारी उपचारार्थ कोशी अस्पातल बिराटनगर पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट अनुसन्धान भई रहेको छ ।