सवारी दुर्घटनाबाट पैदल यात्रीको मृत्यु
२०८१-०३-०६
- A
- A-
- A+
झापाको बिर्तामोड नगारपालिका-५ मुक्ती चोक स्थितमा पुर्बपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । हिजो राती पौने ९ बजे मे. १ च ६६१३ नम्बरको समान बोक्ने पिकप भ्यानले बाटो काट्दै गरेकी मोरङको रतुवामाइ नगरपालिका-८ की ७० बर्षिया टंक माया सुबेदीलाई ठक्कर दिदा घाईते भएकी टंक मायाको उपचारको क्रममा बि एण्ड सि अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न सवारी साधन र चालक बिर्तामोड-१ का बिर्ख बहादुर थेबेलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरी रहेको छ ।