प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

२०८१-०२-३०

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह PIT बाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । आज दिउँसो बिराटनगर महानगरपालिका-१५ स्थितबाट  दुहवी नगरपालिका- ४ का २० बर्षीय पारस चौधरी र गौरादह नगरपालिका-२ का ३५ बर्षीय संजिव खड्कालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट २ ग्राम ५३ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
खुकुरी प्रहार गरी भाईको हत्या गर्ने दाजु पक्राउ
२०८२-०४-१७

ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका-४ आहालेका २२ बर्षीय मन कुमार बि.क.लाई आफ्नै भाईको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । साउन १६ गते साँझ ६ बजे दाजु भाई बिच सामान्य बाद-बिबादको क्रममा दाजु मन कुमार बि.क.ले आफ्नै भाई २० बर्षीय रोशन बि.क.लाई खुकुरी प्रहार गर्दा रोशन बि.क.को घटनास्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले मन कुमार बि.क.लाई खुकुरी सहित नियन्त्रणमा लिएको छ । खुकुरी प्रहार गरी भाईको हत्या गर्ने बि.क.को जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट  थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।   

३०० ग्राम लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०८२-०४-१७

झापाको कन्काई नगरपालिका-३ सुरुङगा स्थित टेम्पु स्टेण्डबाट ३ सय ग्राम लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १६ गते इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट बिशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले कन्काई नगरपालिका-३ सुरुङगा टेम्पु स्टेण्ड स्थितमा चेकजाँचको क्रममा सिन्धुलीको भिमान नगरपालिका-१० का २६ बर्षीय बिनोद बि.क. र झापाको झापा गाउँपालिका-३ की २४ बर्षीया प्रेमकला महतोलाई ३ सय ग्राम  लागू औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुबैजनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भई रहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०४-१६

सुनसरी र झापाबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १५ गते सुनसरीको इलाका प्रहरी कार्यालय धरानले चेकजाँचको क्रममा धनकुटा साँगुरीगढी -८ का बिरेन राई र  मोहन राईलाई २३ किलो ८४० ग्राम गाँजा  सहित र इटहरी -७ का  कार्लोस रिजाललाई २५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय पकलीले भोजपुर हतुवागढीका बिसु राई र निनोस राईलाई १ किलो २०० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ । यसै गरी प्रहरी चौकी रामगंज बेलगछियाबाट खटिएको प्रहरी टोलीले दुहबी नगरपालिका-१२ स्थितमा वेवारिसे अवस्थामा रहेको प्रदेश १-०२-०४९ प  ३८९१ नम्वरको मोटरसाईकलमा २० किलोग्राम गाँजा बरामद गरेको छ । झापाको अस्थायी प्रहरी चौकी मंगलबारेले बुद्दशान्ती-४ का लक्ष्मी कुमार घिसिङलाई ३६० ग्राम गाँजा सहित पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०४-१४

सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १३ गते सुनसरीको इनरुवा नगरपालिका- ४ स्थितमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ८ ग्राम १ सय १६ मिलिग्राम ब्राउन सुगर सहित बेचबिखनमा संलग्न मोरङ उर्लाबारी-१ का २४ बर्षीय किरण विश्वकर्मा, इटहरी- ६ का ३६ बर्षीय प्रविन तामाङ, सुन्दरहरैचा- ६ का २४ बर्षीय कुमार राई, इटहरी- १७ का २९ बर्षीय सोबित तामाङलाई पक्राउ गरेको हो । यसै गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका-१ बाट ५० बर्षीय राजु शर्मालाई उनको घर नजिकै बाख्राको खोरमा लुकाई छिपाई राखेको ट्रामाडोल २ हजार १ सय क्याप्सुल र स्पास्मो प्रोक्जिभन ५ सय ४० ट्याव्लेट सहित राजु शर्मा र उनको श्रीमती ३२ बर्षीया रिता शर्मालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुन्सधान भईरहेको छ ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम
२०८२-०४-१४

तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं कर्मचारी प्रशासन शाखाको पत्रादेशले प्राबिधिक प्रहरी नायव निरीक्षक पदबाट प्राबिधिक प्रहरी वरिष्ठ नायव निरीक्षक, प्राबिधिक प्रहरी सहायक निरीक्षकबाट प्राबिधिक प्रहरी नायव निरीक्षक पदमा र प्राबिधिक प्रहरी सहायक हवल्दार पदबाट प्राबिधिक प्रहरी हवल्दार पदमा पदोन्नती हुनुभएका प्रहरी कर्मचारीहरुलाई निमित्त कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ । साउन १४ गते आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले पदोन्नती हुनु हुने प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्हले सुशोभन गर्नुका साथै बधाई तथा शुभकामना सहित थप जिम्मेवारीलाई उत्कृष्ट ढंगले निर्वाह गर्न समेत निर्देशन दिनु भएको छ । उक्त कार्यक्रममा प्रहरी उपरीक्षक दिपक पोख्रेल, प्रहरी उपरीक्षक आ. हरी डंगोल सहित सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।