लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
२०८१-०२-१४
- A
- A-
- A+
मोरङको बिराटनगर महानगरपालिका-१५ बाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री ईटहरी-५ का ३२ बर्षीय सुरज चौधरी र सुन्दरहरैचा-८ का ३० बर्षीय निशान पुलामी मगरलाई ४ ग्राम ९६ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।