प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध ब्राउनसुगर र नियन्त्रित औषधी सहित ४ जना पक्राउ

२०८१-०२-०१

  • A
  • A-
  • A+
Share

झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती ९ बजे झापाको मेचिनगर नगरपालिका-६ स्थितमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश नं.१-०१-००२ ह ७९७ नम्बरको अटो टेम्पोलाई रोकी चेकजाँच गर्दा टेम्पो चालक ताप्लेजुङ मैवाखोला गाउँपालिका-४ घर भई हाल माई नगरपालिका-४ ईलाम बस्दै आएका ३१ बर्षीय उमेश शेर्पाको साथबाट ३ ग्राम ५७० मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो । त्यस्तै भद्रपुर नगरपालिका-४ स्थितमा वडा प्रहरी कार्यालय भद्रपुर झापाबाट खटिएको प्रहरी टोलीले ३१० मिलिग्राम ब्राउनसुगर सहित भद्रपुर-३ का २३ बर्षीय उज्वल मगरलाई पक्राउ गरेको हो । त्यसैगरी मोरङको बिराटनगर-१६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले  को.३१ प ३२५५ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक इटहरी-१८ का २९ बर्षीय जेस राईको साथबाट ५२ मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो भने झापा कमल गाउँपालिका-६ का २३ बर्षीय कृष्ण साहलाई नियन्त्रीत औषधी lupagesine digapame गरि जम्मा २१६ एम्पुल सहित मोरङको बुढीगंगा गाउँपालिका-२ बाट CRV बासवारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   

सम्बन्धित समाचार
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर “उत्कृष्ट झाँकी प्रदर्शन पुरस्कार” द्वारा सम्मानित
२०८१-०७-०१

“६९ औं प्रहरी  दिवस २०८१” को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर “उत्कृष्ट झाँकी प्रदर्शन पुरस्कार” द्वारा सम्मानित भएको छ । असोज ३० गते प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौँमा आयोजित कार्यक्रममा प्रदेशको विविध साँस्कृतिक गतिविधि झल्किने प्रदेश प्रहरी स्तरीय झाँकी प्रदर्शनमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले लिम्बु संस्कृतिमा आधारित "च्याब्रुङ" (के लाङ) प्रस्तुत गरेको थियो । उक्त प्रस्तुति उत्कृष्ट भई तृतीय स्थान हाँसिल गरी पुरस्कृत भएको हो ।  

६९ औ प्रहरी दिवसको अवसरमा प्रहरी कर्मचारीहरु पुरस्कृत
२०८१-०६-३०

६९ औ प्रहरी दिवस २०८१ को अवसरमा आयोजना गरिएका बिभिन्न खेलकुदका बिजयी खेलाडी तथा बिभिन्न बिधामा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ ।  प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि प्रहरी दिवस मुलसमारोह समितिका संयोजक नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाले प्रहरी दिवसको अवसरमा संचालन गरिएको बिभिन्न खेलहरुमा बिजयहुने खेलाडीहरु ५५ जना, निर्णायक १२ जना र कार्यालय संचालन तर्फ उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी उपरीक्षक दिपक पोखरेल सहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई मेडल, प्रसंशा पत्र र नगद पुरस्कारद्वारा पुरस्कृत गर्नु भएको हो ।

प्रहरी सहायक हबल्दार सीता कुमारी दुलाल उत्कृष्ट महिला प्रहरी पुरस्कारद्वारा सम्मानित
२०८१-०६-३०

प्रहरी दिवसको अवसरमा प्रहरी जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत प्रहरी सहायक हबल्दार सीता कुमारी दुलाल उत्कृष्ट महिला प्रहरी पुरस्कारद्वारा सम्मानित हुनुभएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्ने महिला प्रहरी कर्माचारीहरु मध्येबाट उत्कृष्ट कार्य गर्ने १ जना महिला प्रहरीलाई  नगद पुरस्कार द्वारा पुरस्कृत गर्ने उद्धेश्य अनुरुप सुनसरी धरान उप-महानगरपालिका-८ की श्रीमती शिला श्रेष्ठ बज्रचार्यले महिला प्रहरीहरुको मनोबल उच्च राख्न तथा उत्प्रेरणा प्रदान गर्न यसै बर्ष देखि २५ हजार धनराशीको उत्कृष्ट महिला प्रहरी पुरस्कार प्रदान गर्न सुरुवात गर्नु भएको हो  ।उक्त पुरस्कार कोषका संस्थापक श्रीमती शिला श्रेष्ठ बज्राचार्यले प्रहरी सहायक हबल्दार दुलाललाई प्रदान गर्नु भएको थियो । साथै उत्कृष्ट महिला प्रहरी पुरस्कार कोषका संस्थापक शिला श्रेष्ठ बज्रचार्यलाई प्रमुख अतिथि कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।

प्रहरी दिवस २०८१ भव्यताका साथ सम्पन्न
२०८१-०६-३०

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालयहरुमा असोज ३० गते विविध कार्यक्रमहरुको आयोजना गरी “६९ औ प्रहरी दिवस २०८१” भव्यताका साथ सम्पन्न भएको छ ।   कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर परिसमा आयोजित विशेष कार्यक्रम कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यता एवं आन्तरीक मामिला तथा कानून मन्त्री लिला वल्लभ अधिकारीको बिशेष आतिथ्यतामा संचालन भएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी दिवसको अवसरमा सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई दिनु भएको शुभकामना सन्देश वाचन गर्नु भएको थियो भने उपस्थित प्रमुख अतिथि लगायत सम्पुर्णमा स्वागत मन्तव्य समेत राख्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले प्रहरी कार्यालयको लागि निःशुल्क जग्गा उपलव्ध गराउनु हुने जग्गा दाताहरु, प्रहरी कार्यमा सहयोग पुर्‍याउनु हुने महानुभावहरु तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, बिधागत पुरस्कारका संस्थापकहरुलाई सम्मान गर्नु भएको थियो । साथै वहाँले बिभिन्न बिधामा उत्कृष्ट हुने प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो । पुरस्कार बितरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुदै वाँहाले अमर प्रहरीहरु प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुका साथै दिवंगत परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्नु भयो । वहाँले साधन स्रोत तथा भौतिक संरचनाको अभावमा समेत जनताको जिउ धनको सुरक्षा तथा समाजमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा नेपाल प्रहरीले बिशिष्ट भुमिका निर्वाह गर्दै आएकोमा सम्पूर्ण प्रहरीहरुलाई सम्मान तथा आदरभाव प्रकट गर्नुका साथै आगामी दिनमा प्रहरीलाई श्रोत साधन सम्पन्न बनाउने प्रतिवद्धता जनाउनु भयो । उक्त कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री माननीय लिला वल्लभ अधिकारीले प्रहरी दिवसको अवसरमा हरेक बर्ष प्रदेश प्रहरी कल्याण कोषबाट प्रदान गरिदै आएको SEE तथा उच्च शिक्षा तर्फका परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउन सफल बहालवाला प्रहरी, पूर्व प्रहरी तथा अमर प्रहरी परिवारका जेहेन्दार सन्ततीहरुलाई नगद तथा सम्मान-पत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीलाई कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाले कृतज्ञताको चिन्हो (टोकन अफ ग्राटिच्युट)  प्रदान गर्नु भएको थियो भने प्रमुख अतिथि लगायत सम्पुर्ण महानुभावहरुमा धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री माननीय लिलाबल्लभ अधिकारी, बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला तथा कोशी प्रदेश सरकारका प्रमुख सचिव केदारनाथ शर्माले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीहरु, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, जन प्रतिनिधिहरु, समाजसेवी, अमर प्रहरी परिवारजनहरु, पूर्व प्रहरीहरु, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरु, संचारकर्मीहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ठ ट्राफिक प्रहरी पुरस्कारद्धारा ट्राफिक प्रहरी सहायक निरीक्षक पुरस्कृत
२०८१-०६-३०

 ६९ औ प्रहरी दिवस २०८१ को अवसरमा प्रदान गरिने बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कार जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरमा कार्यरत प्रहरी सहायक निरीक्षक कुल बहादुर बुढाथोकीलाई प्रदान गरिएको छ । २५ हजार धनराशीको उक्त पुरस्कार प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने मध्येबाट छनौट गरी उनलाई प्रदान गरिएको हो । पुरस्कृत भएका प्रहरी सहायक निरीक्षक बुढाथोकीले सवारी दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा उत्कृष्ठ कार्य गरी महत्वपुर्ण भुमिका निर्वाह गरेका छन् । पुरस्कृत हुने प्रहरी सहायक निरीक्षकलाई अक्षयकोषका संस्थापक बद्री बिक्रम थापा गोदारले २५ हजारको चेक तथा प्रशंसा-पत्र प्रदान गर्नु भएको छ । १८ बर्षको कलिलो उमेरमा सवारी दुर्घटनामा परि दिवंगत हुनु भएका आफ्ना छोराको स्मृतिमा कोशी प्रदेश अन्तर्गत ट्राफिक दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा उत्कृष्ट कार्य गर्ने एक जना प्रहरी कर्मचारीलाई नगद २५ हजार पुरस्कार तथा प्रशंसा-पत्रद्वारा सम्मान गरी यस्ता क्षेत्रमा आफ्नो घर परिवार नभनि अहोरात्र खटिने प्रहरी कर्मचारीहरुको मनोवल र उत्प्रेरणा बढाउने उद्देश्यले ५ लाख रुपैयाको अक्षयकोष स्थापना गरी ६७ औं प्रहरी दिवसबाट पुस्कारको सुरुवात भएको थियो । साथै प्रहरी दिवसको अवसरमा बिप्लव थापा (गोदार) स्मृति अक्षयकोषका संस्थापक बद्री बिक्रम थापालाई प्रमुख अतिथि कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।

सिर्जनसिल कार्यमा कोशी प्रदेश प्रहरी प्रमुख सम्मानित
२०८१-०६-३०

नेपाल प्रहरी प्रधान कार्यालयले सिर्जनसिल कार्यमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङ्गलाई सम्मानित गरेको छ । नेपाल प्रहरी कार्यदक्षता मूल्याङकन (Police Baton) २०८१ को क्रममा गरिएको अनुगमन तथा मूल्याङकनमा प्रदेश प्रहरी कार्यालयहरु मध्ये सिर्जनसिल कार्यमा उत्कृष्ट योगदान पुर्‍याए वापत उक्त कार्यको उच्च मुल्याङकन गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख खापुङ्गलाई सम्मानित गरेको हो । नेपाल प्रहरी प्रधान कार्यालयबाट प्राप्त उक्त पुरस्कार प्रहरी दिवसको अवसरमा संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रदान गर्नु भएको हो ।