प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सहकारी चोरीमा संलग्न ६ जना पक्राउ

२०८१-०१-१०

  • A
  • A-
  • A+
Share

झापा जिल्लाको बिभिन्न स्थानमा रहेको सहकारीहरु चोरीमा संलग्न रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्ला मकवानपुर ईन्द्रसरोबर गाउँपालिका-५ का ३० बर्षिय सोमलाल स्याङ्तान, २१ बर्षीय सुनिल भन्ने सन्त बहादुर स्याङ्तान, २२ बर्षीय सुनिल स्याङ्तान, २५ बर्षीय बुद्ध स्याङ्तान, २६ बर्षीय सुजन स्याङ्तान र मकवानपुर गढी गाउँपालिका-८ का २८ बर्षीय अजय राना मगर रहेका छन् । पक्राउ परेका उनिहरुले बिभिन्न मिति र समयमा १३ वटा सहकारीहरु योजनाबद्ध तरिकाले चोरी गरेको खुल्न आएको छ ।सहकारी चोरी भएको घटनाको जानकारी जिल्ला प्रहरी कार्यालय झापामा प्राप्त हुनासाथ अनुसन्धान तथा खोज तलासमा खटिएको प्रहरी टोलीले कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको समन्वय जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा संलग्न ६ जनालाई ईटहरीको बिभिन्न स्थानमा लुकि छिपि बसेको अवस्थमा बैशाख ७ गते पक्राउ गरेको हो । प्रहरीले उनिहरुको साथबाट मोटरसाईकल २ थान, सहकारी चोरीमा प्रयोग गरेको बिभिन्न औजारहरु र उनिहरुले उक्त समयमा प्रयोग गरेको कपडा समेत बरादम गरेको छ । उनिहरुले बिभिन्न सहकारीहरुबाट ३० लाख १६ हजार ६ सय ८७ रुपैया चोरी गरेको खुल्न आएको छ भने पक्राउ परेका ६ जनालाई सम्मानित जिल्ला अदालत झापाबाट चोरी कसुरमा म्याद थप  गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   

सम्बन्धित समाचार
लागु औषध तथा प्रतिबन्धित औषधी सहित ८ जना पक्राउ
२०८२-०५-०१

धनकुटा, उदयपुर, भोजपुर र मोरङबाट लागु औषध तथा प्रतिबन्धित औषधी सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ३१ गते लागू औषध कारोबार भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा प्रहरी चौकी हिले धनकुटाबाट खटिएको प्रहरी टोलीले सहिदभुमि गाउँपालिका- ६ का २७ बर्षीय अशोक राईलाई धनकुटा नगरपालिका- १ स्थितमा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ६१० क्याप्सुल र ७५४ ट्याब्लेट बरामद गरी नियन्त्रणमा लिएको हो । त्यस्तै उदयपुरको उदयपुरगढी नगरपालिका- ७ बाट अस्थायी प्रहरी पोष्ट हाडेबासले त्रियुगा- १० का २३ बर्षीय सुजन राउतलाई  प्रतिबन्धित लागू औषध २०४ एम्पुल र ४ वटा सिरिन्ज सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय मधुमल्ला मोरङले मिक्लाजुङ गाउँपालिका- ९ बाट क्याप्सुल २२ वटा र १२ वटा गोटी सहित १९ बर्षीय राजु तामाङ, मिक्लाजुङ- ६ का सन्तोष थापा र मिक्लाजुङ- १ का २३ बर्षीय माधव श्रेष्ठलाई नियन्त्रणमा लिएको हो भने भोजपुरको अरुण गाउँपालिका- ४ बाट जिल्ला प्रहरी कार्यालय भोजपुरको प्रहरी टोलीले चेकजाँचको ट्रामाडोल ५९ ट्याब्लेट फेला षडानन्द नगरपालिका- १३ का २५ बर्षीय सन्तोष मगर, भोजपुर नगरपालिका- १० का २४ बर्षीय भबिन बि.क र भोजपुर नगरपालिका- ९ का २५ बर्षीय प्रदिप शेर्पालाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ । 

लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ
२०८२-०५-०१

झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ३१ गते झापाको मेचीनगर नगरपालिका- ६ स्थित इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ३१ ग्राम ६ सय ९६ मिलिग्राम ब्राउन सुगर सहित बेचबिखानमा संलग्न सिन्धुपाल्चोक जुगल गाउँपालिका- २ का २४ बर्षीय रामहरी सिलवाल, २३ बर्षीय सुरेन्द्र सिलवाल र मेचिनगर- १० का २८ बर्षीय सुरेश गुरुङलाई नियन्त्रणमा लिएको हो । त्यस्तै सुनसरीको ईनरुवा नगरपालिका- ४ बाट अस्थायी प्रहरी पोष्ट बसपार्क ईनरुवाले १४ ग्राम ३५ मिलिग्राम ब्राउन सुगर सहित सुन्दरहरैचा- ६ मोरङका ३७ बर्षीय रोशन खड्का, ३२ बर्षीय लाल बहादुर बि.क., धादिङ थाक्रेका ३१ बर्षीय कुमार बिडारी र  दोलखाका ३३ बर्षीय राम आछामेलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ । 

प्रतिबन्धित लागू औषध सहित ५ जना पक्राउ
२०८२-०४-३१

झापा र सुनसरीको बिभिन्न स्थानहरुबाट साउन ३० गते प्रतिबन्धित लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर- ६ मेचीपुल स्थितबाट इलाम दानाबारी गाउँपालिका-३ का २८ वर्षीय अविशेक राईलाई २ ग्राम ६ सय ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । यसैगरी इलाका प्रहरी कार्यालय कुमरखोदले झापाको शिवसताक्षी-७ का ३५ वर्षीय लक्ष्मी प्रसाद राजबंशीलाई ३ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा-८ का ३२ वर्षीय घनश्याम साहुलाई १ ग्राम १ सय ७० मिलिग्राम ब्राउन सुगर र नगद ३३ हजार ४ सय ५० रुपैया सहित नियन्त्रणमा लिएको हो । यस्तै अस्थायी प्रहरी पोष्ट बसपार्क ईनरुवाबाट खटिएको प्रहरी टोलीले  धनकुटा नगरपालिका-९ का ३१ वर्षीय सरोज क्षेत्री र २९ वर्षीय प्रेम थापालाई ३ ग्राम ३२ मिलिग्राम ब्राउन सुगर  सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।  

लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ
२०८२-०४-३०

मोरङ र सुनसरीबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २९ गते मोरङको रंगेली नगरपालिका- ९ स्थितमा लागू औषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत अररिया थाना सिक्टी मुरारीपुरका २९ बर्षीय राकेश प्रमाणी र ऱंगेली नगरपालिका- ५ का १९ बर्षीय रिंकु कुमार शर्मा समेतलाई ४१ ग्राम ९२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै सुनससरीको अस्थायी प्रहरी बिट जोरसखुवाको प्रहरी टोलीले प्रतिबन्धित औषधी ट्रामाडोल ५५० क्याप्सुल र डिकोलिक ५०० ट्याब्लेट सहित धरान- १६ का २२ बर्षीय रकिल राईलाई प्रक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागू औषध सहित ७ जना पक्राउ
२०८२-०४-२९

सुनसरी र झापाबाट साउन २८ गते प्रतिबन्धित लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको प्रहरी चौकी खनारबाट विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले  इटहरी उप-महानगरपालिका-११ स्थितबाट सुन्दरहरैचा-७ का २४ वर्षीय सलमान मंसुरी, इटहरी -११ का १८ बर्षीय करण राई,  इटहरी-१४ का २२ वर्षिय कोरुजित सरदार, सिरहा का २४ वर्षीय होम मुखियालाई प्रतिबन्धित लागुऔषध ट्रामाडोल १ हजार २ सय ६० क्याप्सुल र डीकोलिक ५ सय १० क्याप्सुल सहित नियन्त्रणमा लिएको छ । यसैगरी प्रहरी बिट मेचीपुल झापाको प्रहरी टोलीले भद्रपुर नगरपालिका-९ का २१ वर्षीय बिमल विश्वकर्मालाई २ ग्राम १ मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय कुमरखोदले प्रतिबन्धित लागू औषध WINSPASMD FORTE- ४२ ट्याब्लेट सहित भारत बिहार किसनगंजका १९ वर्षीय मो. जमिरुल र  ३ ग्राम ५० मिलिग्राम ब्राउन सुगर सहित झापाको कन्काई नगरपालिका-३ का २६ वर्षीय सुभास बर्देवालाई नियन्त्रणमा लिएको छ ।