प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बाँदर धपाउन राखिएको बन्दुक पड्किदा १ जनाको मृत्यु

२०८१-०१-१०

  • A
  • A-
  • A+
Share

पाँचथरको हिलिहाङ गाउँपालिका- ४ सिबुवा स्थित बाँदर धपाउन राखिएको बन्दुक पड्किदा १ जुनाको मृत्यु भएको छ । हिजो राती साढे १० बजे घरदेखि अन्दाजी १ किलोमिटर उत्तरमा मकै रोपेको खेतमा बाँदरलाई धपाउनको लागी भरुवा बन्दुक पड्काउने क्रममा उक्त बन्दुकको फायरिङ पिनको नाल फुटी पड्किदा बारुदको छर्राले शरिरको बिभिन्न भागमा लागेर घाईते भएका स्थानीय ५१ बर्षीय मन कुमार सिगुको उपचारको क्रममा जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको हो । घटनाको जानकारी पाए लगत्तै घटनास्थलमा इलाका प्रहरी कार्यालय अमरपुर र अस्थाई प्रहरी चौकी पाँचथरबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

सम्बन्धित समाचार
प्रतिबन्धित लागू औषध सहित ५ जना पक्राउ
२०८२-०४-३१

झापा र सुनसरीको बिभिन्न स्थानहरुबाट साउन ३० गते प्रतिबन्धित लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर- ६ मेचीपुल स्थितबाट इलाम दानाबारी गाउँपालिका-३ का २८ वर्षीय अविशेक राईलाई २ ग्राम ६ सय ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । यसैगरी इलाका प्रहरी कार्यालय कुमरखोदले झापाको शिवसताक्षी-७ का ३५ वर्षीय लक्ष्मी प्रसाद राजबंशीलाई ३ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा-८ का ३२ वर्षीय घनश्याम साहुलाई १ ग्राम १ सय ७० मिलिग्राम ब्राउन सुगर र नगद ३३ हजार ४ सय ५० रुपैया सहित नियन्त्रणमा लिएको हो । यस्तै अस्थायी प्रहरी पोष्ट बसपार्क ईनरुवाबाट खटिएको प्रहरी टोलीले  धनकुटा नगरपालिका-९ का ३१ वर्षीय सरोज क्षेत्री र २९ वर्षीय प्रेम थापालाई ३ ग्राम ३२ मिलिग्राम ब्राउन सुगर  सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।  

लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ
२०८२-०४-३०

मोरङ र सुनसरीबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २९ गते मोरङको रंगेली नगरपालिका- ९ स्थितमा लागू औषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत अररिया थाना सिक्टी मुरारीपुरका २९ बर्षीय राकेश प्रमाणी र ऱंगेली नगरपालिका- ५ का १९ बर्षीय रिंकु कुमार शर्मा समेतलाई ४१ ग्राम ९२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै सुनससरीको अस्थायी प्रहरी बिट जोरसखुवाको प्रहरी टोलीले प्रतिबन्धित औषधी ट्रामाडोल ५५० क्याप्सुल र डिकोलिक ५०० ट्याब्लेट सहित धरान- १६ का २२ बर्षीय रकिल राईलाई प्रक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागू औषध सहित ७ जना पक्राउ
२०८२-०४-२९

सुनसरी र झापाबाट साउन २८ गते प्रतिबन्धित लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको प्रहरी चौकी खनारबाट विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले  इटहरी उप-महानगरपालिका-११ स्थितबाट सुन्दरहरैचा-७ का २४ वर्षीय सलमान मंसुरी, इटहरी -११ का १८ बर्षीय करण राई,  इटहरी-१४ का २२ वर्षिय कोरुजित सरदार, सिरहा का २४ वर्षीय होम मुखियालाई प्रतिबन्धित लागुऔषध ट्रामाडोल १ हजार २ सय ६० क्याप्सुल र डीकोलिक ५ सय १० क्याप्सुल सहित नियन्त्रणमा लिएको छ । यसैगरी प्रहरी बिट मेचीपुल झापाको प्रहरी टोलीले भद्रपुर नगरपालिका-९ का २१ वर्षीय बिमल विश्वकर्मालाई २ ग्राम १ मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय कुमरखोदले प्रतिबन्धित लागू औषध WINSPASMD FORTE- ४२ ट्याब्लेट सहित भारत बिहार किसनगंजका १९ वर्षीय मो. जमिरुल र  ३ ग्राम ५० मिलिग्राम ब्राउन सुगर सहित झापाको कन्काई नगरपालिका-३ का २६ वर्षीय सुभास बर्देवालाई नियन्त्रणमा लिएको छ ।

लागू औषध ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८२-०४-२७

झापाको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २५ गते झापाको झापा गाउँपालिका-४ स्थितमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्जुनधारा नगरपालिका-९ का ३१ बर्षीय अनिल राईलाई ब्राउन सुगर २ ग्राम ७०० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी बिर्ताबजारले बिर्तामोड नगरपालिका- ८ का  २४ बर्षीय पकंज मैनाली, ३३ बर्षीय सरोज पौडेल, भद्रपुर नगरपालिका-१० का ४० बर्षीय शंकर चिमरिया, हल्दिवारी गाउँपालिका-४ का ३४ बर्षीय प्रदिप राई र हुम्ला नाम्खाका ३५ बर्षीय राजु लामालाई ४ सय मिलिग्राम ब्राउन सुगर र नगद १ लाख २२ हजार ९० रुपैँया सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा कानूनी कारबाही भईरहेको छ ।

लागू औषध सहित ११ जना पक्राउ
२०८२-०४-२६

झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानबाट लागू औषध सहित ११ जना पक्राउ छन् । साउन २५ गते झापा मेचीनगर नगरपालिका- ६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले सोहि स्थानका २३ बर्षीय संयोग चौधरी, २३ बर्षीया सुकमाया राई र ३१ बर्षीय दिलिप लिम्बुलाई २ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर सहित र मेचीनगर- ७ का ५६ बर्षीय टिकाराम कोईरालालाई १७५ ग्राम ३१० मिलिग्राम गाँजा सहित पक्राउ गरेको हो भने जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी घोडामाराले भद्रपुर नगरपालिका- ५ का ३० बर्षीय सन्तोष श्रेष्ठ र उनको श्रीमती २९ बर्षीया लक्ष्मी राजवंशीलाई २ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यस्तै सुनसरीको इनरूवा नगरपालिका- ४ स्थितमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले इटहरी- ५ का ५३ बर्षीय विशाल माझी र २५ बर्षीय सचिन लिम्बुलाई २ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीले धरान- ५ बाट २४ बर्षीय आशिष राईलाई निषेधित औषधी ६३८ ट्याब्लेट र क्याप्सुल सहित  नियन्त्रणमा लिएको हो । त्यस्तै बराहक्षेत्र नगरपालिका- ११ बाट इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी मधुवनको प्रहरी टोलीले सोहि स्थानका ५० बर्षीय मुस्ताक मिया र बराहक्षेत्र नगरपालिका- ६ का ४८ बर्षीय बल्ले भन्ने बलराम यादवलाई ७८ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको आवश्यक थप अनुशन्धान भईरहेको छ ।