प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ

२०८१-०१-०५

  • A
  • A-
  • A+
Share

झापा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ झापाको  मेचीनगर नगरपालिका-६ स्थित मेची पुलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा  भारतबाट नेपाल आउदै गरेका ताप्लेजुङ फक्ताङलुङ-५ का २५ बर्षीय बिशाल लिम्बुको साथबाट २ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।

यसै गरी सुनसरीको कोशी गाउँपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय लौकही र लागु औषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको  प्रहरी टोलीले चेक जाँचको क्रममा को. ३५प ५५३४ नम्वरको मोटरसाईकल चालक कोशी गाउँपालिका-१ का २३ बर्षीय सुभाष कुमार यादबलाई २८ ग्राम ब्राउन सुगर सहित र प्रदेश १-०२-०४७ प ४७६७ नम्बरको मोटरसाईकलमा सवार रहेका रामधुनी-३ का सबिन चौधरी, कोशी गाउँपालिका-१ का १९ बर्षीय  रन्जन कुमार यादवलाई १ ग्राम २० मिलि ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
समाजमा शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रणका साथै नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन
२०८२-०५-०४

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले भदौ ४ गते  जिल्ला प्रहरी कार्यालय तेह्रथुम निरीक्षण भ्रमणको क्रममा कार्यलय भवन, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । निर्देशनको क्रममा वहाँले प्रहरी कर्मचारीहरुले आफ्नो काम कर्तव्य, जिम्मेवारी तथा अधिकारको पालना गरी  संगठनको हित र उद्धेश्यलाई सदैव प्राथमिकतामा राखी समाजमा शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रणका साथै नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । वहाँले लामो तथा छोटो दुरीको गस्ति परिचालन गरी दुरदराजमा रहेका नागरिकहरुमा प्रहरी सेवाको पहुच पुर्‍याउनुका साथै सचेतनामुलक कार्यक्रम संचालन गरी समाजमा घट्ने बिभिन्न प्रकारका घटना तथा अपराधहरुलाई निरुत्साहित गर्न तथा फरार प्रतिबादी पक्राउ गर्न तथा लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रणको लागी प्रभावकारीरुपमा प्रहरी परिचालन गर्न निर्देशन दिनु भएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा तेह्रथुम जिल्लाका स्थानियबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया
२०८२-०५-०४

निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय तेह्रथुम पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले तेह्रथुम जिल्लाका उद्योग बाणिज्य संघका अध्यक्ष राजिव ढुगाना लगायत स्थानिय जनप्रतिनिधि, राजनैतिक दल, जिल्ला स्थित विभिन्न संघ संस्थाका पदाधिकारीहरु, नागरिक समाज, संचारकर्मीहरुसंग छलफल तथा अन्तरक्रिया गर्नु भएको छ । भदौ ४ गते जिल्ला प्रहरी कार्यालय तेह्रथुमको सभाहलमा उपस्थित महानुभावहरुसंग प्रदेश प्रहरी प्रमुख कार्कीले समाजमा शान्ति सुरक्षा स्थापना गर्न प्रहरी सदैव तैनाथ रहने भएता पनि नागरिकको साथ र सहयोग अपरिहार्य रहेको बताउदै नागरिक र प्रहरी बिचको सम्वन्ध सुदृढ बनाई हातेमालो गर्दै अगाडि बढेमा शान्तिपूर्ण समाजको स्थापना हुनेमा सम्पूर्णमा विश्वास दिलाउनु भयो । साथै वहाँले उपस्थित महानुभावहरुबाट उठेका जिज्ञासाहरुको सुनुवाई समेत गर्नु भएको थियो । कार्यक्रममा प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षक रुकेश तण्डुकार, जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछाने लगायतका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिबन्धित लागू औषध सहित १० जना पक्राउ
२०८२-०५-०४

झापा, मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुबाट भदौ ३ गते प्रतिबन्धित लागू औषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमान्डौ, लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ स्थितबाट भारत दिल्लीका ४३ बर्षीय सागीरले बोकेको ब्यागमा स्पिकर भित्र लुकाएको १ सय ९० ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली-५ स्थितबाट विहार अररियाका २९ वर्षीय ईम्तियाज अन्सारी र ३२ वर्षीय नुर हसनलाई १ सय ११ ग्राम २७ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी झापाको प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-३ का २५ वर्षीय आशिष तामाङ र २८ वर्षीय बिक्रम राईलाई १ ग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी महारानिझोडाले गौरादह-५ का २१ वर्षीय समिर सिवा र २५ वर्षीय शंकर सतारलाई बिभिन्न प्रकारका ४ सय क्याप्सुल लागू औषध सहित नियन्त्रणमा लिएको छ । यसका साथै लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी लौकहीले मोरङ सुन्दर हरैँचा नगरपालिका-११ का ४५ वर्षीय लोक बिक्रम साहलाई ३७ ग्राम ६२ मिलिग्राम सहित र जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी-५ का ३२ वर्षीय बिशाल लिम्बु र ३५ वर्षीय गणेश तामाङलाई १७ ग्राम ३ मिलिग्राम ब्राउन सुगर सहित इनरुवा बसपार्क स्थितबाट नियन्त्रणमा लिएको हो ।  

संखुवासभा जिल्लाका स्थानियबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम ।
२०८२-०५-०३

निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय संखुवासभा पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले संखुवासभा जिल्लाका जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य, जनप्रतिनिधि, राजनैतिक दल, जिल्ला स्थित विभिन्न संघ संस्थाका पदाधिकारीहरु, व्यापार संघ, नागरिक समाज, संचारकर्मी तथा स्थानीयबासीहरुसंग परिचय तथा अन्तरक्रिया गर्नु भएको छ ।भदौ ३ गते जिल्ला प्रहरी कार्यालय संखुवासभाको सभाहलमा आयोजित कार्यक्रममा उपस्थित महानुभावहरुसंग प्रदेश प्रहरी प्रमुख कार्कीले स्थानिय स्तरमा भएका समस्या तथा प्रहरीसंगको अपेक्षाहरुको बारेमा जानकारी लिनुका साथै जिल्लाको शान्ति सुरक्षा, स्थानीय नागरिक र प्रहरी बिचको सहकार्य, लागू औषधको ओसारपसार, अपराधका घटना न्यूनिकरणको लागि स्थानीयबासीको भूमिका लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो । साथै वहाँले विपदको समयमा जनधनको सुरक्षाको लागी सवैको साथ र सहयोगको  आवश्यकता रहेको बताउनु भयो ।कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले समाज शान्ति सुरक्षा कायम राख्न नागरिक र प्रहरी सदैव हातेमालो गरी अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षक रुकेश तण्डुकार, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेत लगायतका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।  

समाजमा शान्ति सुरक्षा कायम राख्दै नागरिकहरुमा प्रहरी सेवाको पहुँच पुर्‍याउन प्रदेश प्रहरी प्रमुखको निर्देशन
२०८२-०५-०३

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय संखुवासभाको निरीक्षण भ्रमणको क्रममा कार्यालय भवन, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले समाजमा शान्ति सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा गर्दै आमनागरिकहरुमा प्रहरी सेवाको पहुँच पुर्‍याउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले यातायातको पहुँच कम भएको पहाडी जिल्ला संखुवासभामा शान्ति सुरक्षा कायम राख्न लामो तथा छोटो दुरीको गस्ति परिचालन गरी दुरदराजमा भएका नागरिकहरुमा प्रहरी सेवाको पहुँच पुर्‍याउने तथा सचेतनामुलक कार्यक्रमहरु संचालन गरी समाजमा घट्ने बिभिन्न प्रकारका अपराधका घटनाहरुलाई निरुत्साहित गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । असहाय, पिडामा परेका व्यक्ति तथा जेष्ठ नागरिकहरुको पिर मार्का र समस्यालाई प्राथमिकताका साथ प्रहरी सेवा प्रदान गर्न तथा आफ्नो पदिय जिम्मेवारी,आदेश निर्देशनलाई अक्षरस पालना गर्न  तथा समाजमा अपराधका घटना हुन नदिन र भएका अपराधहरुको सफल अनुसन्धान गरी संगठनको छबिलाई सदैव उच्च बनाउने कार्यमा सम्पुर्ण प्रहरी कर्मचारीहरुले इमान्दारी पुर्वक दैनिक प्रहरी कार्य सम्पादन गर्नु पर्ने बताउनु भएको छ ।  

लागू औषध गाँजा बोकेको कार नियन्त्रण
२०८२-०५-०३

उदयपुरको बेलका नगरपालिका-२ स्थितबाट प्रहरीले बेबारीसे अवस्थामा लागू औषध गाँजा बोकेको कार नियन्त्रणमा लिएको छ । भदौ २ गते बिशेष सूचनाको आधारमा प्रहरी चौकी भागलपुर र प्रहरी चौकी बसाहा उदयपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले जगना खोला किनारमा बेवारिसे अवस्थामा रहेको बा.२१ च१८११ नम्बरको कारबाट २ बोरा र खोला किनारबाट ७ वटा बोरामा प्याक गरी राखेको २ सय ४० किलोग्राम लागू औषध गाँजा सहित कारलाई नियन्त्रणमा लिएको हो । उक्त कार र गाँजा ओसार पसारमा संलग्न ब्यक्तीहरुको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खोज तलास तथा थप अनुसन्धान भई रहेको छ । यसैगरी सुनसरीको अस्थायी प्रहरी चौकी बरगाछीले धरान उप-महानगरपालिका-१७ स्थिबाट  सोही स्थानका २२ वर्षीय मौषम राई र योगेन राईलाई ट्रामाडोल-१ सय ७ क्याप्सुल र डिकोलिक १ सय ८ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।