प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी निरीक्षक आधारभुत तालिम १८२ औं समूहका प्रशिक्षार्थीहरुको कोशी प्रदेश प्रहरी प्रमुखसँग अन्तरकृया कार्यक्रम सम्पन्न

२०८०-१२-१३

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्धारा प्रहरी निरीक्षक पदमा नवनियुक्त भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महारागंज काठमाडौंमा तालिमरत १-१८२ औं समूहका  जना प्रशिक्षार्थीहरुसंग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । आज कोशी प्रदेश प्रहरी कार्यालको सभाहलमा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङ उक्त अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो  । अन्तरकृया कार्यक्रम पश्चात तालिमरत प्रशिक्षार्थीहरुलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सम्पुर्ण शाखाहरुको अवलोकन गराईएको थियो । प्रहरी निरीक्षक आधारभूत तालिम पाठ्यक्रममा बिभिन्न पेशागत सैद्धान्तिक विषयवस्तुका साथसाथै व्यवहारिक अध्ययन भ्रमण कार्यक्रम पनि समावेश गरिएको हुन्छ । तसर्थ प्रशिक्षार्थीहरुलाई स्थलगत रुपमा प्रहरीको तल्लो स्तरसम्मको कार्यालयहरुमा खटाई व्यवहारिक रुपमा वस्तुस्थितिहरुसँग परिचित गराउने उद्देश्य अनुसार आज यस प्रदेश प्रहरी कार्यालय विराटनगरमा अन्तरक्रिया तथा अवलोकन भ्रमण कार्यक्रम भएको हो ।

सम्बन्धित समाचार
प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण, मनोबल उच्च राखी नागरिक र देशको हितमा सेवा प्रवाह गर्न निर्देशन ।
२०८२-०८-२९

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले मंसिर २९ गते जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नु भएको छ । निरीक्षण प्रश्चात जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाई प्रमुखहरु सहित सिमावर्ति इलाकामा खटिएका प्रहरी अधिकृतहरु समेतलाई प्रदेश प्रहरी प्रमुख घिमिरेले आवश्यक निर्देशन समेत दिनुभएको छ । निर्देशनको क्रममा वँहाले प्रहरीको दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई त्रुटी रहित तवरले कार्य गर्न साथै कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरुको पिरमार्कालाई प्रथामिकतामा राखि प्रविधि मैत्री नागरिक सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ । शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी पाएको नेपाल प्रहरीले मनोबल उच्च राखी नागरिक र देशको हितमा सेवा प्रवाह गर्न निर्देशन दिनु भएको छ । निर्देशनकै क्रममा वहाँले आ-आफनो जिम्मेवार एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण, पेण्डिङ मुद्दाको सफल अनुसन्धान गर्न र खुल्ला सिमा नाका भएको झापा जिल्लामा हुन सक्ने  सिमावर्ती अपराध, चोरी तस्करी, भन्सार छली, लागु औषध ओसार पसार नियन्त्रण गर्न कुनै पनी प्रकारको आर्थिक प्रलोभनमा नपरी शून्य सहनशिलतामा रही व्यवसायिक प्रहरीको भुमिका निर्वाह गर्न निर्दशन दिनु भएको छ । सोही क्रममा प्रदेश प्रहरी प्रमुख घिमिरेले विपद व्यवस्थापन गुल्म चन्द्रगढी, झापाको समेत निरीक्षण गर्नु भएको थियो । निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बुले प्रदेश प्रहरी प्रमुख घिमिरेलाई झापा जिल्लाको समग्र शान्ती सुरक्षाको बारेमा अवगत गराउनु भएको थियो । निरीक्षण भ्रमणको क्रममा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक केशव भट्टराई समेतको उपस्थिती रहेको थियो ।

छुरी प्रहार गरी हत्या गरेको आरोपमा बृद्ध पक्राउ
२०८२-०८-२९

पाँचथरको फाल्गुनन्द गाउँपालिका-६ खामेलकका ३६ बर्षीय प्रेमराज आङदेम्बेलाई छुरी प्रहार गरी हत्या गरेको आरोपमा सोही स्थानका ८२ बर्षीय वर्ण सिंह आङदेम्बेलाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २८ गते वर्ण सिंह आङदेम्बेको घरमा सामान्य बाद विबादको क्रममा प्रेमराज आङदेम्बेलाई छुरी प्रहार गर्दा उनको घट्नास्थलमानै मृत्यु भएको थियो । घटनाको जानकारी प्राप्त हुनसाथ तत्काल प्रहरी चौकी आङसाराङबाट खटिएको प्रहरी टोलीले वर्ण सिंह आङदेम्बेलाई छुरी सहित नियन्त्रणमा लिएको थियो भने कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरिक्षक अनिश कुमार कर्ण सहितको प्रहरी टोली खटिएको थियो ।

लागूऔषध सहित ३ जना पक्राउ
२०८२-०८-२९

सुनसरी जिल्लाको छुट्टा छुट्टै दुई स्थानबाट मंसिर २९ गते लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहा स्थितबाट बा.१८ च ३८३४ नम्बरको कारको पछाडीको सिट र डिक्कीमा कालो प्लाष्टिक भित्र ५ वटा पोकामा लुकाईछिपाई राखेको १ सय ३० किलोग्राम लागू औषध गाँजा बरामद गरेसगै कार चालक ईटहरी-१७ पकलीका २४ बर्षीय करण साह र कारमा सवार मोरङको विराटनगर- ५ का २१ बर्षीय सचिन मेहतालाई नियन्त्रणमा लिएको छ । त्यस्तै अस्थायी प्रहरी बिट जोरसखुवाले धरान-१६ बाट सोहि स्थानका २९ बर्षीय बिष्णु सुब्बालाई प्रतिबन्धित लागूऔषध ट्रामाडोल ५ सय २५ क्याप्सुल र डिक्लोमाईन ५ सय २५ ट्याब्लेट सहित पक्राउ गरेको हो । लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

बेवारिसे अवस्थामा ५ सय ८७ किलो ग्राम गाँजा बरामद
२०८२-०८-२८

सुनसरीको कोशी गाउँपालिका-८ स्थितबाट ५ सय ७७ किलोग्राम र इनरुवा नगरपालिका-३ स्थतिबाट १० किलोग्राम गाँजा प्रहरीले बेवारिसे अवस्थामा बरामद गरेको छ । मंसिर २७ गते जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी गस्ती टोलीले कोशी गाउँपालिका-८ स्थितमा ११ वटा बोरामा रहेको  ५ सय ७७ किलो ग्राम गाँजा, इनरुवा नगरपालिका-३ स्थितबाट १० किलोग्राम गाँजा र २ ग्राम १८० मिलिग्राम लागुऔषध ब्राउनसुगर बेवारिसे अवस्थामा बरामद गरेको छ । लागुऔषध गाँजा र ब्राउन सुगर बरामद भए संगै ओसार पोसारमा संलग्न व्यत्तिहरुको खोजी कार्य भईरहेको छ ।   

प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ८ जना पक्राउ
२०८२-०८-२८

प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ८ जना पक्राउ विराटनगर, मंसिर २८ गते । झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २७ गते इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दमक-५ का रण बहादुर मगरलाई २ ग्राम  २२० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा प्रहरी चौकी कर्सियाले धनपालथान गाउँपालिका-२ का राजिव चौधरी र सियाराम चौधरीलाई १३ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी उदयपुरको प्रहरी चौकी लालपत्ताले त्रियुगा नगरपालिका-१३ का ससिकान्त चौधरीलाई ३ ग्राम ३५ मिलिग्राम त्रियुगा-४ का दाबेन्द्र मगर र त्रियुगा-९ का प्रेम चौधरीलाई १० ग्राम ०८९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । सोही दिन सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीले कोशी गाउँपालिका-१ स्थितबाट उदयपुरको बेलका नगरपालिका-९ का कमलेश बस्नेतलाई ७ ग्राम १२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ  भने वडा प्रहरी कार्यालय धरानले धरान-१० का निरफुङ बस्नेतलाई प्रतिवन्धित औषधी  ट्रमाडोल २३० चक्की र स्पासपेन  २० क्याप्सुल सहित नियन्त्रणमा लिएको छ ।