प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध ब्राउन सुगर सहित ११ जना पक्राउ

२०८०-१२-०७

  • A
  • A-
  • A+
Share

झापा, ईलाम र मोरङ जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार अपरान्ह साढे ४ बजे भोजपुर घर भई मोरङको सुन्दरहरैचा नगरपालिका-५ स्थितमा कोठा भाडामा बस्दै आएका ३६ बर्षीय बिक्रम मगर र सुनसरीको ईटहरी उप-महानगरपालिका-का ५२ बर्षीय पदम निरौलालाई १५ ग्राम ४३ मिलिग्राम लागुऔषध ब्राउन सुगर र प्रदेश न. १-००२-०४४प ३८१ नम्बरको मोटरसाईकल सहित इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय लामबाट खटिएको प्रहरी टोलीले हिजो राती ९ बजे इलामको लाम नगरपालिका-७ टुडिखेल स्थितबाट स्थानीय ३० बर्षिय राकेश पाँचकोटी र उनकै श्रीमती २९ बर्षीया निमादेवी शेर्पालाई रैबाट ५ ग्राम ३० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो यसैगरी जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले हिजो साँझ ५ बजे झापाको बाह्रदशी गाउँपालिका-२ बिरिङ पुल स्थितबाट मे ७ प १०२७ नम्बरको मोटरसाईकल चालक झापाको झापा गाउँपालिका- का २३ वर्षीय अलागिर हक , मोटरसाईकल पछाडी सवार २६ बर्षीय मो. हुसेन र २१ बर्षीय मन्जिर रुलहकलाई १७ ग्राम ७४० मिलिग्राम लागुऔषध ब्राउन सुगर र मोटरसाईकल सहित नियन्त्रणमा लिएको थियो । यसैगरी इलाका प्रहरी कार्यालय गौरादह र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले हिजो अपरान्ह साढे ४ बजे  झापाको गौरादह नगरपालिका-का २८ बर्षीय बिशाल सुब्बा, २६ बर्षीय सुजन अधिकारी, ३५ बर्षीय राजकुमार ताजपुरिया२८ बर्षीय कुमार तामाङको साथबाट ३ ग्राम ८५० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको थियो । लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका सबै जनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
आन्तरीक मामिला तथा कानून मन्त्रालयद्वारा श्रव्यदृश्य उत्पादनका सामग्री हस्तान्तरण
२०८१-१०-०९

आन्तरीक मामिला तथा कानून मन्त्रालयद्वारा श्रव्यदृश्य उत्पादनका सामग्री हस्तान्तरण विराटनगर, माघ ०९ गते । कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरलाई श्रव्यदृश्य उत्पादनका सामग्री (क्यामेरा र अडियो रेकर्डर) हस्तान्तरण गरेको छ । माघ ९ गते आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त प्रदेश सचिव कमल थापाले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीलाई उक्त सामाग्रीहरु हस्तान्तरण गर्नु भएको हो । सामग्री हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्नु हुँदै निमित्त प्रदेश सचिव कमल थापाले कोशी प्रदेश प्रहरी कार्यालयले आम जनमानसमा सचेतना अभिवृद्धि गरी समाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण गर्न संचालन गरीरहेको बिभिन्न सचेतनामुक कार्यक्रमहरुलाई थप टेवा पुर्‍याउनको लागि उक्त सामाग्रीहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो ।  साथै वँहाले आगामि दिनहरुमा समेत यस्तो प्रकारको सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो । कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख अधिकारीले कोशी प्रदेश प्रहरी कार्यालयबाट उत्पादित जनचेतनामुलक सामग्रीहरु सामाजिक संजाल, रेडियो र टेलिभिजनको माध्यमबाट प्रसारण गरी आम नागरिकमा सचेतना अभिवृद्धि गराउनको निम्ति प्राप्त भएको उक्त सामग्रीले सचेतनामूलक कार्यक्रमहरु उत्पादनमा थप प्रभावकारिता ल्याउने वताउनुका साथै सामग्री  हस्तान्तरण गर्नु हुने कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई बिशेष धन्यवाद दिनु भएको थियो । हस्तान्तरण कार्यक्रममा मन्त्रालयका पदाधिकारी तथा प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।

लागूऔषध सहित ५ जना पक्राउ
२०८१-१०-०८

झापा र उदयपुरबाट लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ०७ गते झापाको झापा गाउँपालिका-२ र ५ स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ११ ग्राम ६१५ मिलिग्राम ब्राउन सुगर सहित अर्जुनधारा नगरपालिका-५ का ३० बर्षीय प्रबिण गिरी, कन्काई नगरपालिका-८ का २५ बर्षीय सुमन राजबंशी, पाँचथर फिदिमका १९ बर्षीया रदिमा बर्देवा र १८ बर्षीया ईन्दिरा लिम्बुलाई पक्राउ गरेको छ । त्यसैगरी उदयपुरको इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका- ३ कि २८ बर्षीया सम्झना राईलाई ५ किलो ९९० ग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ गरेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

धन्यवाद तथा शुभकामना कार्यक्रम
२०८१-१०-०७

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा धन्यवाद तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । माघ ७ गते दिउँसो भएको उक्त कार्यक्रममा नेपाल सरकार गृह मन्त्रालय बढुवा समितिको मिति २०८१ पुस २९ गतेको निर्णय अनुसार नेपाल प्रहरीको जनपद समुह तर्फको प्रहरी उपरीक्षक पदबाट प्रहरी वरिष्ट उपरिक्षक पदमा बढुवा सिफारीस सूचिमा पर्नु भएका जिल्ला प्रहरी कार्यालय इलामका कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाललाई कोशी प्रदेश प्रहरी प्रमुख अधिकारीले धन्यवाद तथा  शुभकामना दिनुका साथै  मायाको चिनो समेत प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी उपरीक्षक हरी ढंगोल लगायत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत हरुको उपस्थिति रहेको थियो ।