प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अपराध अनुसन्धान सम्बन्धी एक दिवसीय गोष्ठी

२०८०-०४-२६

  • A
  • A-
  • A+
Share

अपराध अनुसन्धानमा प्रविधीको प्रयोग र प्रमाणमुखी अनुसन्धान अहिलेको आवश्यकता रहेको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक- राजेशनाथ बास्तोलाले  बताउनु भएको छ आज कोशी प्रदेश प्रहरी कार्यालय बिरानगरको सभाहलमा छुट्टा छुट्टै सम्पन्न भएको अपराध अनुसन्धान सम्बन्धी एक दिवशिय गोष्ठी, प्रदेश प्रहरी बार्षिक कार्ययोजना २०८० सार्वजानिकीकरणप्रदेश प्रहरी प्रमुख तथा अन्तरगत रहेका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रममा सहभागि भई वाँहाले उक्त कुरा बताउनु भएको हो ।

यसका साथै वाँहाले शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणालीको विकास, सवारी दुर्घटना न्युनिकरणका लागी ट्राफिक व्यवस्थापन थप प्रभावकारी बनाउने, मानव अधिकार संरक्षण र सम्वर्द्धन, बिपद व्यवस्थापनमा नेपाल प्रहरीको क्षमता अभिबृद्धी, सुरक्षा तथा अन्य सरोकारवाला निकायहरुसँगको समन्वय र सहकार्यमा प्रभाबकारीता, तस्करी नियन्त्रण जस्ता कार्यहरुमा समेत बिशेष ध्यान दिन वाँहाले निर्देशन दिनु भयो ।

एक दिवशिय गोष्ठी कार्यक्रममा अपराधको वर्तमान अवस्था, अपराधका प्रवृत्तिहरु, Pending मुद्दाको अवस्था, फैसला कार्यान्वयनको अवस्था, अपराध अनुसन्धानमा देखिएका समस्या एवं चुनौतीहरु, अपराध अनुसन्धान एवं नियन्त्रणको कार्ययोजना र माथिल्लो कार्यालयसँगको अपेक्षाको बिषयमा समेत छलफल तथा अन्तरक्रिया भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुखहरुले आ-आफ्नो जिल्लाको प्रस्तुतीकरण समेत गर्नु भएको थियो

अपराध अनुसन्धानमा बढेको चुनौतिहरु र समाधानका उपायहरु पत्ता लगाउन अपराध अनुसन्धानमा नयाँ नयाँ प्रविधिको प्रयोग गर्ने, कोशी प्रदेश भित्रका अपराध अनुसन्धान गर्ने ईकाईहरुको वर्तमान अवस्था, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरु वीचको अधिकतम परिचालन एवं अन्तर कार्यालयवीच समन्वयको विकास गर्ने उद्देश्यका साथ अपराध अनुसन्धान सम्बन्धी एक दिवसीय गोष्ठी  को आयोजना गरिएको हो

सम्बन्धित समाचार
लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२५

झापा, मोरङ र सुनसरीबाट लागू औषध बेचबिखनमा संलग्न २ महिला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २४ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा भारत दार्जेलिङका गोपाल बैधलाई ३ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसै गरी सुनसरीको धरान- ११ कि रोशनी राई र धरान-१५ की खुशी राईलाई औषध ट्रामाडोल १५० क्याप्सुल र स्पास्पेन १६५ ट्याब्लेट सहित अस्थायी प्रहरी चौकी रेल्वेले नियन्त्रणमा लिएको छ भने चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय सिजुवाले पथरी शनिश्चरे नगरपालिका-१ का अशोक बराईलीलाई नाईट्राजाम र स्पास गरी जम्मा २८ ट्याब्लेट सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ५ जना प्रहरीको नियन्त्रणमा
२०८२-०८-२४

सुनसरी, उदयपुर र मोरङको बिभिन्न स्थानहरुबाट मंसिर २३ गते लागू औषध सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ  । सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले इटहरी उप-महानगरपालिका-२ स्थित सडक किनारमा रोकेर राखेको BR 38 T 3596 नम्बरको मोटरसाईकल चालक भारत विहारका ३० बर्षीय सुरज कुमार सोनी र २५ बर्षीय केशव कुमार सोनीलाई शंकालागी चेकजाँच गर्दा साथमा रहेको १३ ग्राम ४४० मिलिग्रा लागू औषध ब्राउन सुगर सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । चेकजाँचकै क्रममा उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले बिभिन्न प्रकारको लागू औषध १ सय १० ट्याब्लेट सहित कटारी-४ का रुस्तम तामाङलाई नियन्त्रणमा लिएको हो भने मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर-१५ स्थितबाट को २ प २०४२ नम्बरको मोटरसाईकल चालक भारत बिहारका २६ बर्षीय निरज राय र पछाडी सवार बिराटनगर-१६ का ४१ बर्षीय राकेश यादवलाई ब्राउन सुगर ५ ग्राम १५ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण, कठिन परिस्थिति र चुनौतीहरूको सहज रूपमा सामना गर्न निर्देशन
२०८२-०८-२४

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय सुनरीको निरीक्षण भ्रमण गर्नु भएको छ । मंसिर २४ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय तथा अन्तरगत रहेका प्रहरी इकाईहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले जस्तो सुकै कठिन परिस्थिति र चुनौतीहरूको समेत सहज रूपमा सामना गरी कुनै दवाब, प्रभाव र प्रलोभनमा नपरी व्यक्तिगत हित भन्दा माथि उठेर संगठनको गरिमालाई सदैव उच्च राखी नागरिक मैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । प्रहरीको दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई शान्ति सुरक्षा प्रभावकारी बनाउन, खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करी, लागुऔषधको ओसार पसारका घटनाहरुलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन तथा  कार्यालयमा आउने सेवाग्राहीहरुको पिरमार्कालाई प्रथामिकतामा राखि प्रविधि मैत्री नागरिक सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । यसै गरी भित्री ग्रामिण बस्तीहरुमा बसोवास गर्ने नागरिकहरुको समस्या पिरमार्काको सुनवाई गर्न तथा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन साथै आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख घिमिरेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव कुमार थेवेले जिल्लाको शान्ति सुरक्षाको बारेमा अवगत गराउनु भएको थियो । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया समेतको उपस्थिती रहेको थियो ।    

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२३

झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर २२ गते लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका दमक-१ का रोशन भुजेललाई १ ग्राम २९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले उर्लाबारी-३ का पंकज पोखरेललाई ६ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने चेकजाँचकै क्रममा सुनसरीको अस्थायी प्रहरी पोष्ट तिनकुनेले धरान-४ कि प्रमिला राईलाई प्रतिबन्धीत औषधी ट्रामोल १०० क्याप्सुल र स्पास्पेन १०० ट्याब्लेट सहित पक्राउ गरे संगै कारोबारमा संलग्न धरान-८ का ६६ बर्षीय टेक बहादुर तामाङलाई उनकै घर कोठाबाट प्रतिबन्धीत औषधी ट्रामोल-१०२० क्यापसुल, स्पास्पेन -१०१० ट्याब्लेट र नगद १ लाख ४७ हजार ६ सय रुपैया सहित नयन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।