प्रहरी कार्यालय
अपराध गर्ने छुट कसैलाई छैन, अपराध गरेर लुकेर, भागेर धर पाईदैन, ढिलो होस या चाँडो जसरी जहिले भएपनि प्रहरीले अपराध गर्ने व्यक्तिलाई पक्राउ गरेरै छाड्छ भन्ने विश्वास कोशी प्रदेश प्रहरीले आम नागरिकहरुलाई दिलाउदै आईरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कानूनी राज्यको स्थापना गर्न र न्याय प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले फरार रहेका प्रतिवादीहरूलाई नियन्त्रणमा लिन विशेष अभियान सञ्चालन गर्दै आईरहेकोमा विगत केही महिनादेखि विशेष रणनीति, सूचना प्रविधिको प्रयोग र समुदायसंगको समन्वय र सहकार्य मार्फत उल्लेखनीय सफलता हाँसिल गरेको छ । अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका र लामो समयदेखि फरार रहदै आएका अभियुक्तहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन तथा कानून र फैसलालाई जीवन्तता प्रदान गरी न्यायलाई साकार बनाउन यो अभियानलाई तीव्रता दिदै आईरहेको छ । अदालतबाट कैद तथा जिरवाना तोकिएका व्यक्तिहरु समाजमा रहदा बस्दा शान्ति सुरक्षामा चुनौती आउने, अपराध गरेपछि पनि समाजमा खुलेआम हिडडुल गर्दा समाजमा नकारात्मक असर पर्ने र अपराधीको मनोवल बढेर थप अपराध गर्न उत्तेजित हुने हुँदा फरार प्रतिवादीलाई कानूनी दायरामा ल्याउन निरन्तर लागिरहेको कोशी प्रदेश प्रहरीले सक्रियताका साथ प्रहरी परिचालन गरी फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिँदा दिने क्रममा यस आर्थिक वर्षको असार मसान्त सम्ममा जिल्ला प्रहरी कार्यालय मोरङले ११५६ जना, सुनसरीले १००२ जना, झापाले ५३४ जना, इलामले १४६ जना, पाँचथरले ४२ जना, ताप्लेजुङले ४८ जना, धनकुटाले ५७ जना, तेह्रथुमले ४५ जना, भोजपुरले ४४ जना, संखुवासभाले २८ जना, उदयपुरले २६० जना, ओखलढुंगाले ६९ जना, सोलुखुम्वुले १४ जना, खोटाङले ५३ जना र प्रादेशिक अनुन्धान समुहले १५ जना समेत गरी जम्मा ३५१३ जना लाई पक्राउ गरिएको छ । पक्राउ परेका उनिहरुबाट जम्मा १ हजार ४ सय १६ बर्ष भन्दा बढी कैद सजाय तथा जरिवाना बापत १४ करोड ७७ लाख भन्दा बढी राजश्व संकलन भएको छ । फरार प्रतिवादी पक्राउ अभियानमा नागरिकको साथ र सहयोग अपरिहार्य भएको हुँदा गाँउ, घर, छिमेकमा लुकी छिपी बस्दै आएका फरार व्यक्तिहरुको बारेमा नजिकको प्रहरीलाई सूचना उपलव्ध गराई सहयोग गरी दिन हुन सम्पुर्ण महानुभावहरुमा कोशी प्रदेश प्रहरी बिनम्र अनुरोध गर्दछ । प्रहरीलाई सूचना उपलव्ध गराउनु हुने व्यक्तिको गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिने समेत याँहाहरुलाई विश्वास दिलाईन्छ । तपाईहरु प्रहरीलाई सुचना दिनुहोस प्रहरी तपाईहरुलाई सुरक्षा दिन्छ ।
कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह तथा जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय पथरी र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट संयुक्तरुपमा परिचालन भएको प्रहरी टोलीले चोरी भएको मोवायल खोज तलासको क्रममा बिभिन्न कम्पनीका ३२ थान मोवायल बरामद गरेको छ । माघ २१ गते मोरङको उर्लाबारी नगरपालिका-५ स्थित योगराज कार्कीको मोबाइल वल्ड पसलको सटर तोडफोड गरी चोरी भएको मोबाइलहरु खोजतलासको क्रममा परिचालन भएको प्रहरी टोलीले भारतीय प्रहरीसंगको सहकार्यमा भारतका बिभिन्न स्थानहरुबाट उर्लाबारीमा चोरी भएको २० थान मोवायल, नवलपरासीमा चोरी भएको ११ थान र दमकमा चोरी भएको १ थान मोवायल बरामद गरेको छ । मोवायल चोरीको घटना सम्बन्धमा अन्य थप अनुसन्धान तथा चोरीमा संलग्न व्यक्तिहरुको खोजतलास कार्य भईरहेको छ ।
संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा यस आर्थिक बर्षको पहिलो त्रैमासिकमा १ हजार ८ सय ९ मुद्धा दर्ता र ९ करोड भन्दा बढी राजश्व संकलन भएको छ । संगठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउने तर्फ बिशेष ध्यान दिई समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो ।यस आर्थिक बर्षको गत ३ महिनामा मात्र १ हजार ८ सय ९ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका ८४५ जना फरार प्रतिवादी पक्राउ गरी ३८५ बर्ष कैद भुक्तान भई ,१ करोड ७४ लाख १२ हजार ७ सय २१ रुपैयाँ राजश्व संकलन भएको छ ।यसैगरी भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने १८ जना मानिस पक्राउ गर्नुका साथै ३ करोड ६३ लाख ५७ हजार २५६ रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने २१ जना मानिस र ४०९ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै १२ लाख ५७ हजार ७५० राजश्व संकलन भएको छ । यसैगरी अबैध काठ चोरी निकासी गर्ने २३ जना मानिस पक्राउ गर्नुका साथै ११०५ क्यू.फिट. काठ बरामद गरी २३ लाख ७२ हजार ३३५ राजश्व संकलन भएको छ ।यसैगरी ट्राफिक ब्यबस्थापन तर्फ यस आर्थिक बर्षको ३ महिनामा मात्र ट्राफिक नियम उलंघन गर्ने ६२ हजार १७१ वटा सवारी साधनलाई कारवाही गर्दा ३ करोड ९८ लाख ५३ हजार राजश्व संकलन भएको छ ।यसैगरी लागूऔषध नियन्त्रण तर्फ गाँजा १ सय ५७ किलो ३४५ ग्राम, चरेश ८ ग्राम २४० मिलिग्राम, ब्राउन सुगर ९ सय ४५ ग्राम ५१७ मिलिग्राम, बिभिन्न मनोद्धिपक क्याप्सलु ६ हजार ४१७, मनोद्धिपक एम्पुल १ हजार ३०२ र मनोद्धिपक औषधीहरु २५४ क्याप्सुल नियन्त्रण गरिएको र ३०१ रोपनी क्षेत्रफलमा लगाएको ६० हजार ६३७ बोट गाँजा नष्ट गरिएको छ ।यसरी यसै आर्थिक बर्षको ३ महिनामा मात्र कुल ९ करोड ७२ लाख ५३ हजार ६२ राजश्व संकलन भएको हो । अघिल्लो ३ आर्थिक बर्षको तुलनात्मक तथ्याङक यसै साथ संग्लग्न राखिएको छ ।
१ नम्बर प्रदेशका तिन छुट्टाछुट्टै स्थानमा शनिवार भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका-४ को ग्रामिण सडक खण्डमा को २ त ८४२६ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा लालिगुराँस नगरपालिका-५ का २२ बर्षीय पञ्च बहादुर मङग्रातीको घटनास्थलमा नै मृत्यु भएको साथै सोही ट्याक्टरमा सवार रहेका लालिगुराँस नगरपालिका-५ का १६ बर्षीय हिम बहादुर सार्की घाईते भई उपचारको लागी धरान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । यसैगरी सुनसरीको दुहवी नगरपालिका-१० मा शनिवार साँढे ५ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १९ प ५०८ नम्बरको मोटरसाईकल आफै अनितन्त्रीत भई बिजुलीको पोलमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक दुहवी नगरपालिका-११ का ४५ बर्षीय ईश्वरचन माझी (चौधरी) लाई उपचारको लागी टिचिङ अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । यस्तै दुहवी नगरपालिका-८ मा शनिवार साँझ साँढे ६ बजे ना ५ ख ४५१३ नम्बरको बसले बाटो क्रस गर्दै गरेका पैदल यात्री बेलवारी नगरपालिका-५ का ७२ बर्षीय पवनलाल चौधरीलाई ठक्कर दिंदा घाईते भई उपचारको लागी बिराट मेडिकल कलेज पठाईएकोमा उपचारको क्रममा राती ७ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । सवारी दुर्घटना सम्बन्धी भएका उक्त घटनाहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
"६६ औँ प्रहरी दिवस २०७८" को अवसरमा आयोजित डबल ब्याडमिन्टन प्रतियोगिता र सिंगल, डबल टेबलटेनिस प्रतियोगिता आज सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. अरुण कुमार बि.सी.ज्यूको प्रमुख आतिथ्यमा भएको सो प्रतियोगितामा ब्याडमिन्टन तर्फ १६ टिम, डबल टेबलटेनिस तर्फ १५ टिम र सिंगल टेबल टेनिस तर्फ १२ टिमको प्रतिस्पर्धा भएको थियो । डबल ब्याडमिन्टन प्रतियोगितामा बिजेता हुने जिल्ला प्रहरी कार्यालय मोरङका प्र.उ. जनार्दन जि.सी. र प्र.ज. जनम राई रहेका छन् भने उपबिजेता हुने १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका प्र.नि. खगेन्द्र एक्तेन र प्र.ना.नि. बुद्धी दराई रहेका छन् । त्यस्तै डबल टेबलटेनिस तर्फ बिजेता हुनेमा १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका प्र.ह. आशाराम चौधरी र प्र.ह. मान बहादुर राजबंशी रहेका छन् भने सिंगल टेबलटेनिस तर्फ बिजेता सोही केन्द्रका प्र.ह. आशाराम चौधरी र उपबिजेता प्र.स.नि. देवी प्रसाद ढकाल रहेका छन् । खेल प्रतियोगितामा बिजेता तथा उपबिजेता हुने टिमहरुलाई आगामी असोज २० गते हुने "६६ औँ प्रहरी दिवस २०७८" मा पुरस्कार वितरण गरिने कार्यक्रम रहेको छ ।