प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : घुस
मोटरसाईकल र अटो टेम्पो चोरीमा संलग्न ४ जना पक्राउ
२०८२-०२-०६

झापाको इलाका प्रहरी कार्यालय अनारमनीले मोटरसाईकल र अटो टेम्पो चोरीमा  संलग्न ४ जनालाई चोरीको मोटरसाईल तथा अटो टम्पो सहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका-३ घर भई हाल कनकाई नगरपालिका-६ बुद्धचोक बस्ने २८ वर्षीय रन्जित राजवंशी, २६ वर्षीय प्रदिप राजवंशी, २० वर्षीय  कुमार राजवंशी र बिर्तमोड-७ का २७ वर्षीय जागिर आलम रहेका छन । झापा जिल्लाको बिभिन्न स्थानमा मोटरसाईकल चोरी भएको भन्ने निवेदन प्रहरी कार्यालयमा प्राप्तहुनासाथ खोजतलासमा खटिएको प्रहरी टोलीले चोरीमा संलग्न ४ जनालाई चोरीका ४ वटा मोटरसाईकल र एउटा अटो टेम्पो सहित पक्राउ गरेको हो । उनिहरुले बिर्तामोड एरियाका बिभिन्न स्थानहरुबाट मे. ८ प २११६ नम्बरको Avenger, प्रदेश १-०१-०१५ प ९२४२ नम्बरको Super Spender, मे. ९ प ३६१८ नम्बरको PULSAR,  प्रदेश ३-०२-००९ प ५१२७  नम्बरको STRIKER मोटरसाईकल र मे. १ ह ४८९६ नम्बरको अटो टेम्पो चोरी गरी वास्तविक नम्वर प्लेट परिवर्तन गरेर चलाउदै आएका थिए । पक्राउ परेका उनिहरुको चोरी सम्वन्धि कसुरमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।  

चोरीको मोटरसाईकल सहित ४ जना पक्राउ
२०७९-०३-३२

जिल्ला प्रहरी कार्यालय मोरङले ३ वटा चोरीको मोटरसाईकल सहित चोरीमा संलग्न रहेका ४ जनालाई पक्राउ गरेको छ । बिभिन्न मितिमा बिराटनगरको नोवेल अस्पतालको कम्पाउण्ड भित्र र सोही स्थानको सामुदायिक मेडिकल हल अगाडि पार्किङ गरी राखेको को.६ प ६८०२ नम्वरको डिस्कभर मोटरसाईकल, प्रदेश १-०१-०१३ प ४५०७  नम्बरको पल्सर मोटरसाईकल र नम्बर नखुलेको १५० सिसिको पल्सर मोटरसाईकल चोरी गर्ने विराटनगर ४  का  २२ बर्षीय नविन माझी, विराटनगर ८ का २५ बर्षीय मोहमद हजरत, दुहवी नगरपालिका ९ सुनसरीका १८ बर्षीय मोहमद सलाउदिन र ३४ बर्षीय मोहमद नसुरदिनलाई चोरीका मोटरसाईकल सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

चोरीमा संलग्न २ जना पक्राउ
२०७९-०२-२७

सुनसरीको इटहरी उप-महानगरपालिका-९ स्थित रहेको मोवायल पसलबाट मोवायल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लिसंखुपाखर गाउँपालिका-९ सिन्धुपाल्चोकका २३ बर्षीय सुरेश तामाङ र शिवपुरी गाउँपालिका-४ नुवाकोट घर भई काठमाण्डौको टोखा वस्ने १९ बर्षीय सन्तोष मगर रहेका छन । उनीहरुले यही जेष्ठ १५ गते राती मोवायल पसलको सटर फोडी ३ लाख बरावरको बिभिन्न कम्पनिको मोवायलहरु चोरी गरेका थिए । चोरी भएको जानकारी तत्कालै प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न भई फरार रहेका तामाङ र मगरलाई काठमाण्डौमा लुकिछिपि बसेको अवस्थामा चोरी भएको ३ वटा मोवायल सेट सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको आजै सम्मानित सुनसरी जिल्ला अदालतवाट चोरी मुद्दा शिर्षकमा म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।