बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ठ ट्राफिक प्रहरी पुरस्कार द्धारा ट्राफीक बरिष्ठ हवल्दार पुरस्कृत
२०७९-०६-३१
- A
- A-
- A+
६७ औ प्रहरी दिवश २०७९ को अवसरमा प्रदान गरिएको बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ठ ट्राफिक प्रहरी पुरस्कार प्रहरी बरिष्ठ हवल्दार तुलसी प्रसाद पोखरेललाई प्रदान गरिएको छ । यसै बर्षबाट शुरु भएको २५ हजार धनराशीको उक्त पुरस्कार प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने मधयेबाट १ जना प्रहरी कर्मचारीलाई ६७ औ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयल बिराटनगरले पुरस्कृत गरेको हो । पुरस्कृत भएका पोखरेलले सरोकारवाला निकायहरुसंग समन्वय र सहकार्य गरी ईटहरी चोक लगायत बजार एरियामा ११ वटा जेब्राक्रस निर्माण गरेको, ईटहरी चोकमा जडित ट्राफिक बत्तिको संचालन र कार्यान्वयनमा बिशेष भुमिका निर्वाह गर्नुका साथै ट्राफिक आवागमनमा महत्वपुर्ण भुमिका निर्वाह गरेका छन् । पुरस्कृत हुने हवल्दार पोखरेललाई अक्षयकोषका संस्थापक बद्री बिक्रम थापा गोदारले २५ हजारको चेक तथा प्रशंसा-पत्र समेत प्रदान गर्नु भएको हो । १८ बर्षको कलिलो उमेरमा सवारी दुर्घटनामा परि दिवंगत हुनु भएका आफ्ना छोराको स्मृतिमा १ नं. प्रदेश अन्तर्गत ट्राफिक दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने एक जना प्रहरी कर्मचारीलाई नगद २५ हजार पुरस्कार तथा प्रशंसा-पत्रद्वारा सम्मान प्रदान गरी यस्ता क्षेत्रमा आफ्नो घर परिवार नभनि अहोरात्र खटिने प्रहरी कर्मचारीहरुको मनोवल र उत्प्रेरणा बढाउने उद्देश्यले ५ लाख रुपैयाको अक्षकोष स्थापना गरी ६७ औं प्रहरी दिवसबाट पुस्कारको सुरुवात भएको हो ।