प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी दिवश २०७९ सम्पन्न

२०७९-०६-३१

  • A
  • A-
  • A+
Share

६७ औ प्रहरी दिवश २०७९ भव्यताका साथ सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा मातहत जिल्ला प्रहरी कार्यालयहरुले असोज ३१ गते अमर प्रहरीहरुलाई श्रद्धाञ्जली दिनुका साथै विबिध कार्यक्रमहरुको आयोजना गरी “६७ औं प्रहरी दिवश २०७९” मनाईएको हो । प्रहरी दिवशको अवसरमा बिबिध खेलकुद कार्यक्रम, स्वास्थ्य सिविर संचालन, रक्तदान, सार्वजनिक स्थल सरसफाई, दिपावली लगायतका कार्यक्रमहरुको आयोजना गरिएको थियो ।
१ नं. प्रदेश प्रहरी कार्यालयमा असोज ३१ गते आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की, १ नम्बर प्रदेश प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला लगायतका उपस्थित महानुभावहरुले १ नं. प्रदेश प्रहरी कार्यालयमा अवस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाले  प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहले प्रहरी दिवशको अवसरमा सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई दिनु भएको शुभकामना सन्देश वाचन गरेर सुनाउनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी १ नं. प्रदेशका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले कर्तब्य पालनाको शिलशिलामा गत बर्ष यस प्रदेश अन्तरगतमा वीरगती प्राप्त गर्नु हुने अमर प्रहरीका परिवारहरुलाई नगद तथा कदर पत्रद्वारा सम्मान गर्नुका साथै नयाँ भवन निर्माणार्थ आफ्नो अमुल्य जग्गा नि:शुल्क प्रदान गर्नु हुने जग्गादाता महानुभावहरुलाई कदर-पत्रले सम्मान गर्नु भएको थियो । यसैगरी वाँहाले उत्कृष्ट कार्य गर्ने प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेश नाथ बास्तोलालाई नगद पुरस्कार र प्रहरीलाई सहयोग गर्ने संघ संस्था र स्थानीय तहलाई सम्मान पत्रले सम्मान गर्नु भएको थियो । पुरस्कार बितरण पश्चात कार्यक्रममा मन्तव्य राख्नु हुँदै वहाँले देश र जनताको सेवा र सुरक्षार्थ आफ्नो कर्तव्य पालनाको सिलसिलामा वीरगती प्राप्त गर्ने वीर अमर प्रहरीहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आम नागरीकको सुरक्षामा २४ सै घण्टा तल्लिन नेपाल प्रहरीले हरेक नागरीकहरुको मन मस्तिस्कमा  रहन सफल भई सकेको हुँदा थप संवेदनशिल भई काम गर्नु मुख्य आवश्यकता रहेको बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा SEE परिक्षामा उत्कृष्ट अंक ल्याउने पुर्व तथा बहालवाला प्रहरीका सन्ततीहरु, बिभिन्न बिद्याहरुमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरु र उच्च शिक्षा अध्ययन गर्ने बहालवाला, पुर्व प्रहरी तथा अमर प्रहरी परिवारका सन्ततिहरुलाई प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेश नाथ बास्तोलाले छात्रवृती प्रदान गर्नु भएको थियो भने बिभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाले पुरस्कृत गर्नु भएको थियो ।
प्रहरी दिवशको अवसरमा आयोजना भएका बिभिन्न खेलकुदमा पुरस्कृत हुने खेलाडीलाईहरु बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला र १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव उमेश बस्नेतले पुरस्कार बितरण गर्नु भएको थियो ।
कार्यक्रममा बोल्नु हुँदै बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला र मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले वीरगती प्राप्त गर्ने वीर अमर प्रहरीहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै देशको आन्तरिक शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी बहन गर्दै आईरहेको नेपाल प्रहरीले आगामी दिनमा थप बिश्वसनियताका साथ काम गर्ने बिश्वास ब्यक्त गर्नु भयो ।
प्रहरी दिवशको अवसरमा १ नं. प्रदेश प्रहरी श्रीमती संघकी महासचिव अजिता बास्तोलाले अमर प्रहरी परिवारका  परिवारजनहरुलाई दोशल्ला ओढाएर सम्मान गर्नु भएको थियो भने उक्त कार्यक्रममा निमित्त प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले प्रमुख अतिथी लगायत उपस्थित सम्पूर्ण महानुभावहरुमा धन्यवाद तथा शुभकामना ज्ञापन गर्नुहुँदै आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा प्राण उत्सर्ग गर्ने बहादुर र कर्तव्यपरायण नेपाल प्रहरीका अमर तथा वीर सपूतहरुको सम्झना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । साथै कर्तव्यपालनको क्रममा घाइते भएका प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै अग्रज तथा अमर प्रहरीको त्याग र बलिदानले दिएको जिम्मेवारीलाई पूरा गर्नु पर्ने दायित्व आजको दिनमा हाम्रो काँधमा रहेको बताउनु भयो ।
कार्यक्रममा प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीहरु, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय समाजसेवी, अमर प्रहरी परिवारजनहरु, पूर्व प्रहरीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, पत्रकारहरु, मानवअधिकारकर्मी लगायत प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार
लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२५

झापा, मोरङ र सुनसरीबाट लागू औषध बेचबिखनमा संलग्न २ महिला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २४ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा भारत दार्जेलिङका गोपाल बैधलाई ३ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसै गरी सुनसरीको धरान- ११ कि रोशनी राई र धरान-१५ की खुशी राईलाई औषध ट्रामाडोल १५० क्याप्सुल र स्पास्पेन १६५ ट्याब्लेट सहित अस्थायी प्रहरी चौकी रेल्वेले नियन्त्रणमा लिएको छ भने चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय सिजुवाले पथरी शनिश्चरे नगरपालिका-१ का अशोक बराईलीलाई नाईट्राजाम र स्पास गरी जम्मा २८ ट्याब्लेट सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ५ जना प्रहरीको नियन्त्रणमा
२०८२-०८-२४

सुनसरी, उदयपुर र मोरङको बिभिन्न स्थानहरुबाट मंसिर २३ गते लागू औषध सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ  । सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले इटहरी उप-महानगरपालिका-२ स्थित सडक किनारमा रोकेर राखेको BR 38 T 3596 नम्बरको मोटरसाईकल चालक भारत विहारका ३० बर्षीय सुरज कुमार सोनी र २५ बर्षीय केशव कुमार सोनीलाई शंकालागी चेकजाँच गर्दा साथमा रहेको १३ ग्राम ४४० मिलिग्रा लागू औषध ब्राउन सुगर सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । चेकजाँचकै क्रममा उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले बिभिन्न प्रकारको लागू औषध १ सय १० ट्याब्लेट सहित कटारी-४ का रुस्तम तामाङलाई नियन्त्रणमा लिएको हो भने मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर-१५ स्थितबाट को २ प २०४२ नम्बरको मोटरसाईकल चालक भारत बिहारका २६ बर्षीय निरज राय र पछाडी सवार बिराटनगर-१६ का ४१ बर्षीय राकेश यादवलाई ब्राउन सुगर ५ ग्राम १५ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण, कठिन परिस्थिति र चुनौतीहरूको सहज रूपमा सामना गर्न निर्देशन
२०८२-०८-२४

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय सुनरीको निरीक्षण भ्रमण गर्नु भएको छ । मंसिर २४ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय तथा अन्तरगत रहेका प्रहरी इकाईहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले जस्तो सुकै कठिन परिस्थिति र चुनौतीहरूको समेत सहज रूपमा सामना गरी कुनै दवाब, प्रभाव र प्रलोभनमा नपरी व्यक्तिगत हित भन्दा माथि उठेर संगठनको गरिमालाई सदैव उच्च राखी नागरिक मैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । प्रहरीको दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई शान्ति सुरक्षा प्रभावकारी बनाउन, खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करी, लागुऔषधको ओसार पसारका घटनाहरुलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन तथा  कार्यालयमा आउने सेवाग्राहीहरुको पिरमार्कालाई प्रथामिकतामा राखि प्रविधि मैत्री नागरिक सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । यसै गरी भित्री ग्रामिण बस्तीहरुमा बसोवास गर्ने नागरिकहरुको समस्या पिरमार्काको सुनवाई गर्न तथा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन साथै आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख घिमिरेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव कुमार थेवेले जिल्लाको शान्ति सुरक्षाको बारेमा अवगत गराउनु भएको थियो । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया समेतको उपस्थिती रहेको थियो ।    

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२३

झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर २२ गते लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका दमक-१ का रोशन भुजेललाई १ ग्राम २९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले उर्लाबारी-३ का पंकज पोखरेललाई ६ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने चेकजाँचकै क्रममा सुनसरीको अस्थायी प्रहरी पोष्ट तिनकुनेले धरान-४ कि प्रमिला राईलाई प्रतिबन्धीत औषधी ट्रामोल १०० क्याप्सुल र स्पास्पेन १०० ट्याब्लेट सहित पक्राउ गरे संगै कारोबारमा संलग्न धरान-८ का ६६ बर्षीय टेक बहादुर तामाङलाई उनकै घर कोठाबाट प्रतिबन्धीत औषधी ट्रामोल-१०२० क्यापसुल, स्पास्पेन -१०१० ट्याब्लेट र नगद १ लाख ४७ हजार ६ सय रुपैया सहित नयन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।