फरार प्रतिवादी पक्राउ
२०७९-०५-२९
- A
- A-
- A+
जिल्ला अदालत सुनसरीको मिति २०७८।०९।१४ गतेको सजाय निर्धारण फैसला आदेशले १० महिना ११ दिन कैद र रु.२५,०००/- (पच्चिस हजार रुपैया ) जरीवाना भएता पनी फरार रहँदै आएका ईटहरी उप महा नगरपालिका - २० तरहराका ३१ बर्षीय बाबु बुढाथोकी भन्ने बिकास बुढाथोकीलाई पक्राउ परेका छन् । फरार प्रतिवादीहरुको खोजतलासमा खटिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर, RIT समुहको प्रहरी टोलीले बुढाथोकीलाई मंगलवार गाउँघरबाट नै पक्राउ गरेको हो । पक्राउ परेका बुढाथोकीलाई सुनसरी जिल्ला अदालतमा उपस्थित गराईएकोमा कैद भुक्तानको लागी कारागार पठाएको छ ।