अबैध समान बरामद
२०७९-०५-२७
- A
- A-
- A+
मोरङको रङगेली नगरपालिका-७ बाट चार लाख बराबरको अबैध समान बरामद भएको छ । आज राती बिहान साँढे १२ बजेको समयमा ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले सिमा क्षेत्रबाट अबैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको करिव ४ लाख बराबरको तयारी कपडा बरामद गरेको हो । बरामद भएको कपडा आवश्यक कारवाहीको लागी बिराटनगर भन्सार कार्यालय बुझाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।