फरार प्रतिवादी पक्राउ
२०७९-०५-१९
- A
- A-
- A+
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT समुहबाट खटिएको प्रहरी टोलीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अभद्र ब्यबहार मुद्धामा सम्मानित जिल्ला अदालत मोरङको मिति २०७८/१२/२३ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना ०९ दिन कैद र रु. २,०००/- जरिवाना तोकिएका विराटनगर महानगरपालिका-१७ का ३५ बर्षीय खालिद मिया र ज्यान मार्ने उद्योग मुद्धामा सम्मानित जिल्ला अदालत सुनसरीको मिति २०७८।०७।२३ गतेको सजाय निर्धारण फैसला आदेशले ६ महिना कैद र रु.८,०००/- जरिवाना तोकिएका धरान उप-महानगर पालिका - १५ का २२ बर्षीय विष्णु बेघालाई आज दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराईएकोमा तोकिएको कैद भुक्तानको लागी जिल्ला कारागार चलान भएका छन् ।