फरार प्रतिवादी पक्राउ
२०७९-०५-१५
- A
- A-
- A+
मोरङ जिल्ला अदालतको बिभिन्न मितिको आदेशले कैद तथा जरिवाना फैसला भई फरार रहेका २ जना फरार प्रतिवादीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT समुहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । चोरी मुद्धामा सम्मानित जिल्ला अदालत मोरङको २०७६।०३।११ गतेको फैसला आदेशले २५ दिन कैद र १,५०,०००/- जरीवाना तोकिएका ईटहरी उप-महानगरपालिका - १३ का ३७ बर्षीय भुवन राजवंशी र लागु औषध मुद्धामा २०७७।११।०३ गतेको फैसला आदेशले ३ महिना २५ दिन कैद तोकिएका ईटहरी उप-महानगरपालिका -१० का ३० बर्षीय ज्ञानेन्द्र चौधरीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT समुहबाट खटिएको प्रहरी टोलीले आज दिउँसो पक्राउ गरेको हो पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत बिराटनगरमा उपस्थित गराईएकोमा तोकिएको कैद भुक्तानको लागी जिल्ला कारागार पठाएको छ ।